
निर्वाचन आउन १० दिन बाँकी रहँदा इलाममा निर्वाचन शिक्षा सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।
बदर मत कम गर्न र निर्वाचन सम्बन्धी जानकारी दिनका लागि चेतना नाट्य समुहका कलाकारले सडक नाटक देखाएका हुन् । निर्वाचन आयोगको आयोजना र संस्कृतिक संस्थान (नाचघर) को संयोजनमा आज रोङ गाँउपालिकाको हर्कटे बजार र सुर्योदयन गरपालिकाको फिक्कल बजारमा सडक नाटक प्रदर्शन गरिएको छ ।
मतदाता शिक्षा प्रभावकारी बनाउनका लागि नाटकबाट चाँढै सिक्ने भएकाले नाटक प्रस्तुत गरिएको हो । नाटकमा मतदान प्रक्रियामा प्रयोग गरिने स्वस्तिक छापको प्रयोगका बारेमा कलाकारले प्रस्तुति देखाएका थिए। साथै चुनावको मिति, चुनावको महत्व, मतपत्रका प्रकार र स्वरुप, मतदान गर्ने तरिका, मतपत्र पट्याउने तरिका तथा मतपेटिकामा खसाल्ने लगायतको जानकारी नाटक मार्फत मतदातालाई पुर्याएका छन्।
स्थानीय तहको निर्वाचनमा बदर मत सङ्ख्या बढेको र यो निर्वाचनमा बदर मत घटाउनका लागि सडक नाटक प्रदर्शन, गरिएको हो। नाटकमा चेतना नाट्य समुहका अन्वेश राई, सुवास लुईटेल, राम आचार्य, चन्द्रकला लुईटेल, विना अधिकारी, सफलता राई र निता बसेल लगाइतका कलाकाहरु रहेका छन । नाटकको निर्देशन सुरेश पोर्तेलले गरेकाहुन । नाटक इलाम जिल्लाको दश ओटै स्थानिय तहहरुमा प्रदर्शन गरिने समुहका सुवास लुईटेलले माइपोखरी न्युजलाई जानकारी दिए ।