- दिपक बोहोरा

पाँचथर, ११ पुसल् अग्नी रुपन्देहि ११ खर्साङ फुटबल क्लब दार्जीलीङलाई ३–१गोलले हराउदै फिदिममा जारी नौँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । फाइनल प्रबेशको लागी रुपन्देहिले सुनसरी ११ को सामना गर्नु पर्ने छ ।
रुपन्देहिको जितमा रजीन सुब्बाले २ र सुनील खड्काले १ गोल गरे । खेलको १९ औं मिनेटमा रुपन्देहिका सुनिल खड्काले गोल गर्दै रुपन्देहिलाइ अग्रता दिलाएका थिए । सुनिलले खर्साङका किपर अगाडि बढेको अवस्थामा खाली पोष्टमा सुन्दर गोल गरेका थिए । २९ औं मिनेटमा रजिन सुब्बले गोल गर्दै रुपन्देहिको अग्रता दोब्बर पारेका थिए । रजिनले सुनिलको क्रसमा हेडर गोल गरेका थिए । ३५ औं मिनेटमा खर्साङका प्रशान्त गुरुङले कर्नरबाट आएको बललाइ जाली चुमाए पनि जितको लागी पर्याप्त भएन । ६३ औं मिनेटमा रुपन्देहिका रजिनले व्यक्तिगत दोश्रो गोल गर्दै रुपन्देहिलाइ जिताएका थिए ।
प्हिलो हाफमा पाएका केहि गोल गर्न सुनैलो अबसर खर्साङले खेर फाल्दा खर्साङ पहिलो खेल बाटै घर फर्कन बाध्य भयो । पहिलो हाफको तुलनामा दोश्रो हाफमा सुधारीएको खेल प्रर्दशन गरेको खर्साङले गोल भने गर्न सकेन ।
खेल जिते पनि टिमले सोचे जस्तो प्रर्दशन गर्न नसकेको रुपन्देहिका क्यापटेन दिलिप क्षेत्रिले बताए । यता पाएका अबसर गुमाउदा पराजित हुन परेको खर्साङका प्रशिक्षक अबिन क्षेत्रिले बताए ।
आजको रुपन्देहिका छिरिङ गुरुङ म्यान अफ दि म्यान अफ दि म्याच हुदै नगद १० हजार प्राप्त गरे ।
नवौं फाल्गुनन्द गोल्डकपको बिजेताले उपाधि सहित नगद ३ लाख प्राप्त गर्ने छन , उपबिजेताले नगद २ लाख प्राप्त गर्ने छन् । हरेक दिनको म्यान अफ दि म्याच , उत्कृष्ट गोलकिपर रक्षक , कोच , मिडफिल्डर , फर्वडले समान नगद १० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् ।
फाल्गुनन्द गोल्डकपमा बुधबारको खेल त्रिभुवन आर्मी र मोरङ ११ विच दिउसो २ बजेबाट हुनेछ ।