- मनिषा चम्लागाईँ

बिर्तामोड, १३ पुसः आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडको आयोजनामा बिर्तामोडमा बिहिबारबाट १३ दिने प्रथम नेपाल आदिवासि जनजाति महोत्सव शुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल आदिवासि जनजाति महासंघ केन्द्रिय अध्यक्ष जगत बरामले एक कार्यक्रमको माझ महोत्सव उद्घाटन गरे ।

आदिवासी जनजातिहरुको संस्कृति, रितिरिवाज तथा भेषभुषाको प्रर्वद्धन गर्ने र पहिचान झल्काउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आदिवासि जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका सल्लाकार सदस्य विरेन मेचेले बताए । महोत्सवमा बिर्तामोड नगरपालिका भित्र सुचिकृत रहेका २२ जातजाती आदिवासिहरुको पहिचान झल्कने मेचेले जनाए ।

आदिवासि जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख धुव्रकुमार शिवाकोटी, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई , नेफिन जिल्ला अध्यक्ष पारसमणि राई, सरसफाई उपभोक्ता समितिका अध्यक्ष जल कुमार गुरुङ्लगायतको आतिथ्य हरेको थियो ।

महोत्सवमा कृषि प्रदर्शनी, व्यापारीक प्रर्दशन साथै दैनिक राष्ट्रिय स्तरका कलाकारको सहभागितामा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । मेलामा राष्ट्रिय बक्सिङ् प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गोपाल राईले बताए ।

आदिवासि जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका उपाध्यक्ष छत्रबाहदुर गुरुङ्ले स्वागत गरेको कार्यक्रमको सञ्चालन एलसी श्रेष्ठ र रिता राईले गरेका थिए ।