
इलाम सदरमुकाम स्थित इलाम अस्पतालमा शोमबारबाट सुरु भएको तीनदिने निशुल्क आँखा शिबिर बुधबार सकिएको छ ।
शिबिरमा मोतियाबिन्दु भएका ८४ जनाको शल्यक्रिया गरीएको छ । बिराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा नेपाल नेत्रज्योति संघ इलामले आँखा शिबिरको आयोजना गरेको थियो । शिबिरमा बिराटनगर आँखा अस्पतालका डाक्टर मनिष पाण्डेको नेतृत्वमा ६ जना स्वास्थयकर्मिको टोलिले सेवा दिएका थिए ।
इलाम अस्पतालमा आखाँ शिबिर राख्नुअघि आयोजक नेपाल नेत्रज्योति संघले जिल्लाका साविकका पाँचवटा गाविस साँखेजुङ्ग, शान्तिडाँडा, सुम्बेक, बरबोटे र सोयाकमा आँखाको स्कृनिङ शिबिर सञ्चालन भएको थियो । स्कृनिङ्ग शिबिरबाट ६० जना मोतियाबिन्दु भएका बिरामिहरु छनौट गरेर शल्यक्रियाका लागि इलाम अस्पतालमा सञ्चालित आँखा शिबिरमा बोलाइएको थियो । तीनदिनको शिबिरमा पाँचसय जनाभन्दा बढि आँखाका बिरामिले आँखाको जाँच गरेको आयोजक संस्थाका सचिब बिष्णु कार्किले जानकारी दिनुभयो । मानवको संसर देखाउने अत्यन्तै संबेदनशिन मानिने आँखा भएकाले साना समस्या हुँदा झारफुकतर्फ नलागी आँखा उपचार केन्द्रमा आई आँखा जचाउन आयोजक संस्थाले जनाएको छ ।
मोतियाबिन्दुको शल्यक्रिया गरेका बिरामिलाई औषधि पनि निशुल्क बितरण गरीएको छ । शिबिरमा इलामनगरपालिका, देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकाका बिभिन्न गाउँबाट आँखाका बिरामिहरुले आँखाको जाँच गरेका थिए । मोतियाबिन्दुको शल्यक्रियापछि जीवनको धेरै समय अन्धकारमा बसेकाहरुले अप्रेसनपछि संसार देख्ने अवसर पाएका छन् । यस्तै किसिमको शिबिर आउँदो पुष १४ र १५ गते सूर्योदय नगरपालिकाको फिक्कलमा गर्ने कार्यक्रम रहेको छ ।