रोगको कारणले इलाममा सुन्तला बगान मासिदै, सम्वन्धित निकायले सहयोग गनरेको कृषकको गुनासो

  • बिनय तिम्सीना

इलाम, पुष महिनाको शुरु सँगै इलामको मौसम खुलेको छ न्यानो घाममा सिजन अनुसारको फल बिक्रीमा निक्कै वृद्धि भएको छ । अहिले इलाममा उत्पादित सुन्तोलाको व्यपार राम्रो भएको छ । गत सालको तुलनामा नयाँ बोटमा सुन्तलाको उत्तपादतमा वृद्धि भएको छ तर पनि बगानमा रोग लागेकोले गर्दा सम्रह जिल्लाको उत्पादनमा भने कमि आउने अनुमान गरिएको छ । 
किषानको वारीमा सुन्तोरा लटरम्म फलेका छन् । इलामका कृषकलाई सुन्तला नबिक्ने चिन्ता पनि छैन । इलाम नगरपालिका ५ तोरीबारीका  देवि प्रसाद घिमिरे भन्छन् ‘व्यपारीहरु घरमै आएर वगान बाटै सुन्तोला किनेर आँफै टिपेर लान्छन् सुन्तला विक्रीमा कुनै समस्य नै छैन ।’  उनि भन्छन् जिल्ला कृषि विकास कार्यालयबाट किषकलाई कुनै पनि सहयोग नहुदा हामीलाई खेती गर्न अप्ठ्यारो परिरहेको छ ।
अहिले इलाममा रोगको कारणले सुन्तोलाको उत्तपादनमा गिरावट आउने अनुमान गरिको छ तर पनि नायँ बोटहरुमा भने केही राम्रो सुन्तलाको उत्पादन भएको छ इलामको इलाम नगरपालिकामा सुन्तलाको उत्पादनमा वृद्धि भए पछि इलामको सुन्तालाको उत्पादन राम्रो भएको हो । विशेष गरि इलामको रोङ गाउँपालिकाको जिर्मलेमा सुन्तला वगान मासिन थालेको छ । गाउँपालिकाहरु माइजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका, र देउमाई नगरपालिकाममा सुन्तलाको उत्पादनमा कमि आएको जिल्ला कृषि विकास कार्यालयका प्रकाश मणि काफ्ले वताउँछन् ।
इलामको सुन्तोला स्थानीय वजारमा नै राम्रो सँग विक्री भई रहेको व्यपारीहरु भन्छन् अहिले इलाममा सुन्तला ८० रुपयाँ प्रतिकिलो देखी राम्रो ग्रेडिङ गरेको सुन्तला १२० रुपयाँ किलो सम्ममा विक्री भई रहको छ । इलाकको सुन्तोला झापाका बजारहरुमा पनि राम्रो विक्री भई रहेको छ । केहि सुन्तोला छिमेकी मुलुक भारताको सिलिगुरी र कोलकत्तामा समेत विक्री हुने गरेको छ । यहि वर्ष मंसिरमा मात्र पनि जिर्मलेका किषान मेचि पर्यटनको सहयोगमा भारतको कोलकत्तामा भएको ‘हिमालयन ओरेन्ज फेस्टीवलमा सहभागि भएर इलामको सुन्तला विक्री गरेर आएको जानकारी मेची क्षेत्र विकास पर्यटन प्रर्वधन समितिका केशव द्यौरालीले जानकारी गराए ।
इलाममा अहिले ३५० हेक्टर क्षेत्रफलमा सुन्तोलाको खेती भई रहेको छ । इलामा यो  वर्ष ३६२९ मेट्रीकटन सुन्तोला उत्पादन हुने अनुमान गरिएको छ । गतवर्षको तुलनामा ३.५ प्रतिशतले सुन्तोला खेतीको क्षेत्रफमा वृद्धि भएको भए पनि विभिन्न रोगहरुको कारणले उत्पादनमा भने गत वर्षको भन्दा वृद्धि नहुने कृषि विकास कार्यालयका प्रकाश मणि काफ्ले वताउँछन । उनका अनुसार इलामको सुन्तोलामा विषेश गरि क्यङ्कर जुन मानिसमा लाग्ने क्यान्सर जस्तै हो । अन्यामा फलमा किराले औँशा पर्ने, फोर्कफलाई, रहेका छन् । अन्य केहि रोगका नमुना कृषि अनुसन्दान केन्द्र पाख्रिवा धनकुटामा दुई वर्ष  पठाएको अहिले सम्म त्यसको रिपोट आई नपुगेको नमुनामो रिपोट आईपुगे पछि रोगहरुको समाधान हुने काफ्लेले वताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता