इलाममा प्याब्सनले जिल्ला स्तरिय खेलकुद प्रतियोगिता गर्दै

इलाम, १३ पुस : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल प्याब्सन जिल्ला कार्य समिति इलामले जिल्ला स्तरिय खेलकुद प्रतियोगिता गर्ने भएको छ । यो प्रतियोगिताले सरकारले गर्दै अएको राष्ट्रिपतिरनिङ शिल्डलाई सहयोग पु¥याउने कुरा प्याब्सन इलाममका अध्यक्ष विकास कर्माचार्यले बताए ।
प्याब्सनले दुई चरण गरेर जिल्लाका दुई स्थानमा प्रतियोगिता सञ्चालन गर्ने भएको हो । ‘स्वास्थ्य, अनुशासन र प्रगतिका लागि खेल, शान र मानका लागि हामी सबैको मेल’ भन्ने नाराका साथ जिल्लाका इलाम नगरपालिका १ साखेजुङ र सूर्योदय नगरपालिकाको करफोकमा गरि दुई स्थानमा प्रतियोगिता सञ्चालन गरिने प्याब्सन इलामका अध्यक्ष विकास कर्माचार्यले जानकारी दिए । सदरमुकाममा पत्रकार सम्मेलन गर्दै प्याब्सन इलाममा आवद्ध इलाम नगरपालिका र देउमाई नगरपालिकाका विद्यालयहरुका लागि साखेजुङको नेपालटारमा पहिलो चरण अन्तर्गत पुस १४ र १५ गते हुने अध्यक्ष कर्माचार्यले बताए । त्यस्तै दोस्रो चरण अन्तर्गत जिल्लाका पूर्वी विद्यालयहरुका लागि १७ र १८ गते प्रतियोगिता हुने बताइएको छ ।
पुस २२, २३ र २४ गते हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई टेवा पुग्ने गरी र खेलाडी उत्पादनमा जोड दिने गरी प्रतियोगिता सञ्चालन गरिने बताइएको छ । प्रतियोगिता अन्तर्गत भलिबल, कब्बडी, दौड, हाइजम्प, लङ्गजम्प लगायतका प्रतियोगिता छात्र र छात्रा समूहमा हुने जनाइएको छ । यस प्रतियोगितालाई वार्षिक कार्यक्रम अनुसार नै अगाडी वढाइने लक्ष लिइएको छ । उत्कृष्ठ खेलाडीहरुलाई पदक र प्रमाणपत्र सहित पुरस्कार समेत प्रदान गरिने जनाइएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता