फाल्गुनन्द गोल्डकप हेर्न दर्शकको घुइँचो, अस्थायी प्याराफिट खचाखच

पाँचथर, १४ पुसः पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्ड फुटबल प्रतियोगिता हेर्न आउने दर्शकको क्रेज बढेको छ । दर्शकका सुविधाका लागि बनाइएको अस्थायी प्याराफिट खचाखच भरिएको हुन्छ । दिउँसो २ः३० बजे हुने प्रतियोगिताका लागि दर्शकहरु १ बजेदेखि मैदानमा पुग्ने गरेका छन् । चार हजार दर्शक आट्ने गरेर अस्थायी प्याराफिट भरिभराउ देखिने गरेकोछ । ए डिभिजनका अनुभवी खेलाडीहरु सहभागी भएकाले पनि दर्शकहरुको सहभागिता बढेको आयोजकको दाबी रहेको छ । 
पूर्वी पहाडको पाँचथर, ताप्लेजुङ र इलाममा हुने फुटबल प्रतियोगितामा दर्शकको सहभागिता अध्याधिक हुने गरेको छ ।आयोजक फिदिम स्पोर्टिङ क्लबको लगानीको आधा प्रतिशत टिकट बिक्रीबाट उठाउने गरेको छ । ‘करिब २० लाखका लागतमा आयोजित यो गोल्डकपको आधा प्रतिशत लगानी टिकट बिक्रीबाट उठाउने गरेका छौं । टिकटको मूल्य सयदेखि दुई सय मूल्यसम्म तोकेका छौं,’ आयोजकका विमल श्रेष्ठले भने ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता