जाडो महिना लागेसंगै चिजको माग घट्यो

इलाममा उत्पादित चिज लोकप्रिय छ । तर चिजको माग अहिले घटेर गएको छ । पुष र माघ महिना जाडो महिना भएकाले पनि जाडोमा हरेक बर्ष चिजको माग घट्ने गरेको इलामका एक चिज उद्यमि आङरीता शेर्पाले बताउनुभयो । इलाममा उत्पादीत चिज  विराटनगर, पोखरा, धरान, हेटौडा, चितवन, काठमाडांै, बुटवल, नेपालगञ्ज लगायतका शहरमा बिक्री वितरण हुँदै आएको साँखेजुङ स्थित कञ्चनजंघा चिज कारखानाका सञ्चालक समेत रहनु भएका उद्योगि शेर्पाले बताउनुभयो । उहाँका अनुसार छुर्पि उद्योगहरुको कारण चिज उद्योगमा दुध आउने क्रम समेत घटेको छ । 
जिल्लामा २० वटा निजि चिज उद्योग छ भने पाँचवटा सरकारी चिज कारखाना रहेको छ । जसमध्ये निजिबाट महिनामा ३० हजार केजि र सरकारी कारखानाबाट २० हजार केजिको हाराहारीमा चिज उत्पादन भइरहेको छ । उत्पादीत चिज नेपाल भित्रकै ठूला ठूला सहरमा निकासि हुन्छ भने कमै मात्रामा भारतमा पनि निकासि हुने गरेको छ । यो सिजनमा सोचेजति चिजको बिक्रि भने भइरहेको छैन । उद्योगि शेर्पाका अनुसार उहाँको चिज उद्योगमा दैनिक २५ सय लिटर आउनुपर्ने भएपनि हाल एकहजार लिटर मात्र दुध आइरहेको छ । एककेजि चिज उत्पादन गर्न करिब १२ लिटर दुध आवश्यक पर्ने गरेको छ । सो उद्योगले दैनिक ८० केजि चिज र दशकेजि घिउ उत्पादन गर्ने गरेको र मासिक २४ सय केजि चिज उत्पादन गरेर निकासि गर्दै आएको शेर्पाको भनाई छ । अहिले सरदर पाँचसयदेखि ७ सय रुपैंयाँमा कारोबार हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता