ताप्लेजुङमा ट्याक्सी दुर्घटना, ६ जना घाईते

ताप्लेजुङ, १० पुस: झापाको विर्तामोडबाट यात्रु लिएको आउँदै गरेको ट्याक्सी दुर्घटना भएको छ । ताप्लेजुुङ जिल्लाको सिरिजंघा गाउँपालिका–४, तेल्लोकमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिर्तामोडबाट यात्रु लिएर तेल्लोकतर्फ आउँदै गरेको मे१ज. १२३५ नम्बरको ट्याक्सी आइतबार साँझ ७ बजेतिर अचानक सडकबाट १० मिटर तल खसेको थियो । घाइते ६ जनाको तेल्लोक स्वास्थ्य चौकीमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता