उखु बेच्न कृषकहरु माइबेनी मेला कुर्दै

इलाम, १० पुसः ग्रामिण भेगमा यातायातको सुविधा र वजारको अभाव हुदा कृषकहरुले उत्पादन गरेको नगदेबाली देखि लिएर कृषि उपज, फलफूल लगायतका बालीहरु बारीमै कुहिने गरेको छ । यस्तै कृषकहरुले उत्पादन गरेको उखु विक्रि गर्न नपाउदा इलामका कतिपय गाउँका उखु कृषकहरुको उखु बारीमै नष्ट भएर गइरहेको छ । उखु विक्रिका लागि यातायातको असुविधा तथा वजार नभएपछि अहिले इलामका बिभिन्न गाउँका उखु कृषकहरु माघे सक्रान्ति पर्व कुरेर वसेका छन् । 
इलामको माइजोगमाई गाउँपालिकाको नामसालिङ्ग, सोयाङ्ग, इलामनगरपालिको गोदक लगायतका गाउँका उखु कृषकहरु माघे सक्रान्ति पर्व कुरेर वसेका हुन् । साविकको नाम्सालिङ्ग गाविसको ८ र ९ नम्बरमा वढि उत्पादन हुने उखुले वजार र यातायातको सहज सुबिधा नभएपछि नजिकै लाग्ने माइबेनी मेला सम्म कुर्नुपर्ने वाध्यता छ । उनीहरु उखु बेच्नको लागि हरेक वर्ष पौष २८ गतेदेखि माघ ३ गतेसम्म माई र जोगमाई खोलाको संगम स्थल माइबेनीमा लाग्ने मेलामा उखु बिक्री गर्दै आएका छन् । मुख्य गरेर माघ १ र २ गते लाग्ने मेलामा लाखौं मूल्यको उखुको कारोबार हुने गरेको छ ।
 यातायात र वजारको सहज सुविधा हुनेभए सोहि क्षेत्रका उखु कृषकहरुले वर्षमा एकपटक लाग्ने मेला कुरिहनु पर्ने थिएन । नाम्सालिङ्ग मात्र हैन सक्रान्ति आउने दिन कुर्दै गोदक, सोयाङ्गका किसानको पनि ब्यथा उस्तै छ । उखु उत्पादन हुने क्षेत्र सोयाङ्गका किसानहरु पनि बजार र यातायातको असुविधाको कारण उखु विक्रिका लागि माघे सक्रान्तिको दिन कुर्न बाध्य छन् । मेलामा आउने मानिसहरुले उखुलाई कोशेलीको रुपमा समेत प्रयोग गर्ने गरेका छन् । 
यस क्षेत्रमा उत्पादन हुने उखु जण्डिस, (डाइवेटिज) चिनि रोगीले पनि प्रयोग गरे कुनै असर नपर्ने कृषकहरु वताउँछन् । जिल्ला कृषि विकास कार्यलयका अनुसार इलाममा उखु खेती कति छन् तथा यसमा आबद्ध कृषकहरु कति छन् भन्ने तथ्याङ्क भने नभएको जनाएको छ । कृषि कार्यालयमा कृषि क्षेत्रका प्राय सबैकुराका कार्यक्रम आएपनि उखु खेतीका लागि अहिलेसम्म कुनै कार्यक्रम आएको थाहा नपाएको नामसालिङ्गका उखु कृषक  देशबीर राईले बताउनुयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता