काठमाडौं, २५ मंसिरः नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले अधिवेशन भएको निक्कै लामो समय पछि विभागको जिम्मेवारी दिँदै छ । यसै क्रममा लोकप्रिय शिक्षा बन्दै गएको प्राविधिक शिक्षालय सिटिईभिटिमा देशका सबैभन्दा बढी विद्यार्थीले पठन पाठन र आत्मनिर्भर शिक्षालयमा विद्यार्थीहरुका धेरै समस्यहरुलाई निराकरण र संगठनलाई सकृयता गराउने उद्देश्यका साथ नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य समेत रहेका अर्जुन बमलाई सिटिईभिटि विभाको संयोजकको जिम्मा दिएको छ ।
बमका अनुसार यो जिम्मेबारी पाएकोमा आफु खुसी भएको र जिम्मेवारीबाट कहिले पछि पछि नहट्ने सथै विद्यार्थीका समस्यामा आफु लागि परेर
समस्यको समाधान गर्न संर्घष गर्ने समेत बताए । उनी विद्यार्थीका लोकप्रिया नेता हुन उनले विद्यार्थीहरको समस्य सामाधानका लागि धेरै सघर्ष गरेका छन् ।