ओझेलमा परेको गढीथुम्काको धार्मिक स्थल

इलाम, १२ पुसः इलामको गढीथुम्कामा रहेको सिहदेवि, जलकन्या र जलपा देविको तिनवटा विभिन्न छुट्टाछुट्टै आ–आफ्नो महत्व बोकेको इलाम गढिथुम्का साविकको वडा नम्बर ६ अन्तर्गत पर्ने यो तिर्थस्थल धार्मिक पर्यटनको हिसावले पवित्र मानिन्छ। अहिले चर्चामा रहेको नया पर्यटकिय स्थल ओढारे भालुढुङ्गा जाने बाटैमा पर्ने यस पवित्र स्थललाइ स्थानीय रुपमा अति श्रद्धा अनि विश्वासका रुपमा पुजा गरिनुका साथै यस धार्मिक स्थललाइ पनि पर्यटन सङ्गै जोडेर अगाडि जानसके थप पर्यटक भित्र्याउन सकिने कुरा ओढारे भालुढुङ्गा पर्यटन  विकास  समितिका सचिव तथा यस मन्दिर ब्यवस्थापन समितिका सदस्य डम्बर गुरुङ्ग बताउछन। 
यस मन्दिरमा घटेको घटनाबारे गुरुङ्ग भन्छन, बर्षमा एक पटक पुजा लगाइने चलन छ यहाँ, कुनै समय यहाँ यति शत्ती थियो कि तत्कालै देखि हाल्ने, फलस्वरूप कुनै समय यश मन्दिरको बार्षिक पुजा गर्ने क्रममा केटाकेटीहरुले मुखको जुठो कुरा देविको अगाडि झारेको र तत्कालै बाघ निस्केर त्यो जुठो गर्ने बच्चालाई आक्रमण गरेको त्यस मानिस अझै सम्म पनि जिवितै रहेको कुरा समेत डक्बर गुरुङ बताउछ्न ।
  • शव्द/तस्वीरः हरि गुरुङ /इलाम टी हाउस
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता