टुरिजम इन्फर्मेसन हव अफ इलामको स्थापना

इलाम, १५ पुसः इलाम टि हाउस काठमाडौ शाखा बिस्तार सङ्गै इलाम टि हाउस इलाम र त्रिज्योती ट्राभल्स एन्ड टुर काठमान्डौको संयुत्तm पहलमा टुरिजम इन्फर्मेसन हव अफ इलामको स्थापना गरेको छ । हवले काठमाडौ स्थित इलामेहरुको जमात इलामेली समाजसँग सहकार्य गर्ने भएको छ।
 बिगत लामो समयदेखी काठमाडौमा बिभिन्न इलामेलीहरुलाई एकताको माला उनेर राख्नु भएका लेखक, कवि, साहित्यकार, समाजसेवी राधेश्याम लेकाली इलाम समाज काठमाडौका अध्यक्ष समेत हुनु हुन्छ अब काठमान्डौमा कोइ पनि इलामेली अभर नपर्ने कोइ पनि इलामेलीहरुलाइ उपचार गर्न गएमा सहि ठाउमा पुर्याइदिने, सामान्य परिवारको मानिसहरु ऋणपान गरेर उपचार गर्न जान्छन रोग पत्ता लगाउन चेकजाँच गर्दा गर्दै रकम अभावले उपचार समेत गर्न नपाउदै फर्कनु पर्ने बाध्यता रहने हुन्छ। अब इलामेली डाक्टरहरुको समुहले त्यो बिरामीहरुलाइ रोग पत्ता लगाइ सम्बन्धित विशेषज्ञहरुकोमा जान सहज बनाइदिने भएका छन। त्यस्तै रगतको समस्या, सर्वोच्चको कानुनी मुद्दा समस्या या राजधानीका कुनै प्रकारका समस्याहरुका बिच इलामेलीहरुले सहयोग पाउनेछ्न कुनै सेवा निःशुल्क हुनेछ भने यदि कुनै सेवामा सेवा शुल्क लागे पनि एकदम थोरै शुल्क लिएर काम गर्ने हवले बताएको छ । 
इलामका विभिन्न क्षेत्रका इलामेली,बिशिस्ट श्रेणिमा रहनु भएका ब्यवसायी, पर्यटन ब्यवसायी, पत्रकार, प्राध्यापक, वकिल, डाक्टर, प्रशासन, सेना, प्रहरी, निर्वाण ब्यवसायी, मिडिया हाउस, मिडिया कर्मी, आदि क्षेत्रलाइ समेटेर इलामेली समाजको गठन भएको कुरा समाजका अध्यक्ष राधेश्याम लेकाली बताउनु भयो भने इलामेली समाज काठमाडौ सङ्ग सहकार्य टुरिस्ट इन्फर्मेसन हव अफ इलाम र इलाम टि हाउसका समेत सञ्चालमा रहेको हरी गुरुङ्गले बताए। 
इलामेली समाज काठमान्डौले आउदो माघ महिनाको एक गतेको अवसर पारेर अनाम नगर काठमाडौको शिव मन्दिरमा माघे मेला लगाइने र सम्पुर्ण काठमाडौमा रहेका इलामेलीहरुको बिशेश जमघट शुभकामना आदान प्रदान हुने माघमै सामुहिक बनभोज, बिशिस्ट श्रेणिमा पुगेका इलामेलीहरुलाइ सम्मान समेत गरिने अध्यक्ष लेकालीले बताउनु भएको छ। मेलामा उपस्थित इलामेलीहरुको जमघटलाइ इलाम टि हाउसले निःशुल्क इलामको ग्रीन टि र ब्लाक टि उपलब्ध गराउनेछ भने हालै चर्चामा नया पर्यटकिय स्थल भालुढुङ्गाको प्रचार प्रसार एवम ब्रोसर बाडिने छ।२०३२साल देखि इलाम छाडनु भएको लेकाली इलाम भने पछि हुरुक्क हुने मर्दा पर्दा इलामेलीहरुको जमघट गराउने र आर्यघाट सम्म लास पुर्याउदै आउनु भएका इलामेली समाज काठमाडौमा बसेर पनि इलामलाइ नबिर्सने गुण लगाउनु भएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता