कर्णलीको वार्षिकोत्सव सम्पन्न

बिर्तामोड, ५ पुसः कर्णली बचत तथा ऋण सहकारी संस्था लि बिर्तामोडको १८ औं वार्षिक उत्सव मंगलबार बिर्तामोडमा  सम्पन्न भएको छ ।  कार्यक्रमका  प्रमुख अतिथि झापा क्षेत्र नम्बर २ प्रदेश १ का सभासद एकराज कार्कीले मुलुकको तीनखम्बे अर्थ नीतिकोरुपमा  सहकारी रहेको बताए । कार्कीले अब बन्ने कानुनमा सहकारी क्षेत्रको बिकासलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए ।
वार्षिक उत्सवमा आयोजित कार्यक्रममा  ५० जनाले  रक्तदान गरेका छन् । संस्थाले बृद्धबृद्धा र संस्था स्थापनादेखि हालसम्मका सक्रिय १ सय जना शेयर सदस्यलाई सम्मान  गरेको छ । 
यसैगरी खुदुनाबारीमा सञ्चालित बन्दी सहायता नेपाललाई (अनाथ असाहय केन्द ) २० हजार र गरामनीमा रहेको दुर्गा माविलाई २० हजार आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले यस अवसरमा सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरेको छ । 
कार्यक्रमको सभापति रहेका संस्थाका अध्यक्ष टस बाहदुर श्रेष्ठले सबैको लगावका कारण संस्था आज १८ वर्ष सम्म पुग्न सफल भएको बताए  । कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख धु्रर्व कुमार शिवाकोटी, डिभिजन सहकारी कार्यलय झापाका दुर्गा प्रसाद न्यौपान, उद्योग वाणिज्य संघ बिर्तामोड उपाध्यक्ष राजु न्यौपानेले मन्तव्य राखेका थिए । संस्थाका सचिव भुपाल बस्नेतले संचालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष इश्वरीप्रसाद खरेलले गरेका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता