समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो

विराटनगर, २९ मंसिर : प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ । 
सो पार्टीले मोरङको छवटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेको हो । त्यसपछि नेकपा एमालेले एक लाख ४४ हजार ८२४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने नेकपा माओवादी केन्द्रले ४४ हजार ९५१ मत प्राप्त गरी तेस्रो स्थान कायम गरेको छ । 
त्यस्तै, संघीय समाजवादी फोरम नेपालले २९ हजार ३१५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनता पार्टीले आठ हजार ८९७ मत प्राप्त गरेका हुन् । 
मोरङको कूल मतदातामध्ये समानुपातिकतर्फ चार लाख ५९ हजार १७२ मत खसेकामा ४१ हजार ५७१ मत बदर भएको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता