बिर्तामोड, ५ पुसः क्र्स प्रोडुक्सनबाट कार्यक्रम तान्नु मन्नु अनि उ प्रसारणमा आएको छ । यसको युट्युव च्यानल मार्फत हेर्न सकिने छ । यसमा पर्बत धित्तल र तनुजा लुइटेलले प्रसतुति दिएका छन् । कार्यक्रममा तनुजा अनविज्ञ शैलीमा प्रस्तुत हुन्छिन् । पर्बत भने चाहिने थन्दा बढि जाने जसरी तनुजालाई रोष्ट गर्छ । कार्यक्रम मार्फत नेपालका राजनीतिज्ञलाई व्यङग्य गरिएको छ ।
कार्यक्रमको निर्देशन प्रसुन सिन्धुलीयले गरेका हुन् । यस कार्यक्रमको पहिलो भाग सुरु भएको छ । आगामि भागमा कार्यक्रममा थप अनुहार पनि देख्न पाउने पर्बत धित्तालले बताए ।