जेब्राक्रसमा ट्रिपरले हानेर पैदल यात्रुलाई मार्यो, स्थिति तनावग्रस्त

बुटवल माघ ११ । रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक महिलाको ठक्करबाट बिहीबार बिहान ज्यान गए पनि उनको पहिचान भने खुलेको छैन ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार, जेब्राक्रसबाट रोड पार गर्दै गरेकी पैदलयात्रीलाई लु १ ख ९३ नम्बरको ट्रिपरले ठक्कर दिएको हो ।
जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकीनगर तनावग्रस्त बनेको छ । 
स्थानीयले ठक्कर दिने ट्रिपर जलाइदिएका छन् भने अन्य ३ वटा ट्रिपरमा तोडफोड गरेका छन् ।
स्थानीयको  प्रदर्शनपछि अहिले राजमार्ग ठप्प भएको छ । अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन भए पनि तनाव नियन्त्रणमा आएको छैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता