सोयाकको धार्मिक पर्यटकीय क्षेत्र बालकन्या देवी ओझेलमा

इलाम, ७ माघः  इलाम जिल्लाको दक्षिणमा अवस्थित साविक सोयाक गाविस वा.नं. ७, हाल इलाम नगरपालिका ११ सोयाकमा अवस्थित बालीकन्या देवी स्थान धार्मिक पर्यटकीय क्षेत्र रहेको छ ।  वि.स.ं १९८६ मा हरि प्रसाद शर्माद्वारा एक घण्टी देवीलाई चढाए भन्ने ताम्रापत्रमा उल्लखे गरेको देखिन्छ । सोयाक लगायत इलामबासीले परम्पराकाल देखी यस धार्मिक स्थलको पुजाआजा गर्दै अएको देखिन्छ । यस स्थानमा पुजाआजा गर्दा  रोग व्यादबाट मोक्ष हुने र सन्तान नभएकाको सन्तान हुने भन्ने कथन छ भने उक्त देवी स्थानको प्रभावबाट दैवीक विपदी नपर्ने स्थानीयहरुको भनाई रहेको छ । प्राकृतिक छट्टा तथा सौदन्र्यताले भरिपूर्ण उक्त देवी स्थान क्षेत्रबाट झापा जिल्लाको पूर्व क्षेत्रको केही क्षेत्रहरु देखिने भएकोले महत्वपूर्ण पर्यटनका दृष्टिकोणले महत्वपूर्ण छ । 
श्री बडामहारानी ऐश्वर्य राज्य लक्ष्मी देवी शाह सरकारको ४१ औं शुभ जन्मोत्सवको पूनीत अवसरमा  निकालेको सहित्यीक पुस्तीकामा यस क्षेत्रको पनि उल्लेख भएको देखिन्छ ।
यस क्षेत्रबाट  पूर्वमा मेचीको धुलावारी, दक्षिणमा झापाका विभिन्न क्षेत्र मधुमल्लला क्षेत्र  पश्चिममा रवि बजार लारुम्बा राँके, रवि, उत्तरमा माईपोखरी कन्चनजंगा हिमाल, इलाम बजार, श्रीअन्तु, कन्याम लगायतका पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिने स्थानीया प्रेम बहादुर बाह्रकोटी बताउँछन्  । 
यस मन्दिरमा परापूर्वकालमा लेप्चाहरुको बसोवास भएको क्षेत्र भएकाले उनिहरुले यस क्षेत्रलाई गंगाराम थानी लाप्चे सिकारी सहित बालिकन्या देवि स्थानको पुजाआजा गर्दै अएको उल्लेख भएको छ । यस क्षेत्रमा स्थनीय सवै जातजातिका मानिसहरुले मंसिर पूर्णीमा र वैशाख पूर्णिमाको अवसर पारेर पुजाआजा गर्ने गरेका छन् । 
यस क्षेत्रमा परापूर्वकालमा पाण्डबहरुको बनवासको बेला भिसेनले स्थानपना गरेको खाट आकारको ढुङ्गा स्थापना गरि आश्रम बनाएको उल्लो भएको कारणले यस क्षेत्रलाई ऐतिहाँसीक क्षेत्रको रुपमा विकास गर्न पनि सकिन्छ । इलाम सदरमुकामबाट १५ किलो मिटर दुरीमा रहेको यस क्षेत्रलाई प्रचार प्रसार गर्ने हो भने सिंगो इलाम जिल्लाको पर्यटन विकासमा एउटा कोसेढुङ्गा सावित हुन सक्छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता