नेपालकै उपभोक्ताहरुले अलैंची चाख्न समेत पाउँदैनन्

  • गोविन्द पौडेल

रोङ, ११ माघः किसानले अलैंचीको उचित मुल्य भएन भनेर गुनासो गरिरहदा नेपालकै उपभोक्ताहरुले भने अलैची चाख्न सम्म पाइएन भनेर गुनासो गर्ने गरेका छन् । इलामको चिनारी बनेको अलैचीले देश विदेशमा ख्याती पाएको भएपनि भैरहवाबाट कन्याम घुम्न आएका प्रवेश यादवले अलैचीको बारेमा सुनेको तर देख्न नपाएको गुनासो गरे । यता भारतको बाघडुग्राबाट सलकपुर घुम्न आएका संजय क्षेत्री अलैंचीको बोट देखेर जति रमाए यसको फल चाख्ने रहर भएर पनि नपाएको गुनासो गरे । उच्च मुल्य प्राप्त गर्ने हुँदा प्रायः तेश्रो मुलुकमा निर्यात हुने अलैंची व्यापारीहरुले किनेर निर्यात गर्ने भएको कारण यहाँ रहेका साना उपभोक्ताले भने चाख्न समेत नपाएका हुन ।
पर्यटन ब्यवसायमा अब्बल मानिएको इलाममा उत्पादन हुने अलैंची शहरका केही ब्यवसायीहरुले प्याकेजीङ्ग गरेर बेच्ने गरेको भएपनि अधिकांश पर्यटकको चहलपहल हुने स्थानहरुमा खुद्रा रुपमा नपाइने गरेको कारण इलाम घुम्न आउने पर्यटकहरुले यस्तो गुनासो गर्ने गरेका हुन् । किसानले उत्पादन गरेको अलैंची प्रायः एकै पटक थोकमा बेच्ने गरेको र ब्यापारीहरुले पनि मुल्यमा आउने उतार चडावको कारण र थोक रुपमा नै बेचिने हुँदा इलाम आएर घुम्नेहरुको भागमा नपरेको जानकारहरुको भनाई रहेको छ ।
आफुहरुले अलैंची प्यााकेजीङ्ग गरेर बेच्ने विचार गरेको भएपनि यसको गुणस्तर र ठूलो लगानी वर्षभरी नै राख्नु पर्ने भएकोले केही समस्या रहेको श्री अन्तुका पर्यटन ब्यवसायी रुद्र घिमिरे बताउँछन् । उनको भनाइ छ– कोशेलीनै दिन नसकेपनि चाख्न चाहने पाहुनाको लागि अलैंचीको स्वाद चखाउने गरेका छौ । अर्थशास्त्रको नियमअनुसार माग बढेमा मुल्य बढ्ने नियमानुसार औषधिय गुण र मसलाको रुपमा अलैंची बजारमा सुकमेल र दालचिनी जस्ता मसलाहरु खुद्रा रुपमा पाइने गरेको जस्तै अलैंची पनि उपभोक्ताहरुको रुची अनुसार पाइने हो भने यसको आन्तरिक बजारमा पनि खपत हुन सक्ने प्रशस्त सम्भावना छ जसको कारण मुल्य पनि उचित पाइने जानकारहरुको भनाइ रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता