
इलाम, ४ माघ : बिहीबार इलाम सदरमुकाममा सम्पन्न जिल्ला फुटबल संघको छैटौं अधिवेशनले महेश श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । यस्तै तीनजना उपाध्यक्षहरुमा क्रमशः विक्रम श्रेष्ठ, मणीकुमार गुरुङ र महानन्द भक्तराजलाई चयन गरेको छ ।
संघको महिला सदस्यमा अस्ना श्रेष्ठ तथा अन्य सदस्यहरुमा निरोज खड्गी, ज्ञानबहादुर राई, डिडेन देवान, सेवक देवान, चिरञ्जीवी निरौला, दिपेश गुरुङ, मोहनकुमार राई र विजयकुमार सुब्बा अशोक चयन भएका छन् भने महासचिवमा रजत खड्का र कोषाध्यक्ष्ँमा सुवास राईलाई मनोनित समेत गरिएको छ ।
यसै गरी संघको पहिलो बैठकले चार जना फुटबलसँग सम्बन्धित क्लबका प्रतिनिधिहरुलाई मनोनित गरिएको छ । जसमा होलीबोध फुटबल क्लबबाट प्रकाश दुलाल, त्रिवेणी युथ क्लबबाट पवनकुमार श्रेष्ठ, देउराली स्र्पोटिङ फुटबल क्लबबाट लिल बुर्जा र क्लब ओएसिसबाट प्रज्वल मुखिया मनोनित भएको नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठले जानकारी दिएका छन् । संघको कार्यकाल चार वर्षको हुनेछ ।