दुर्घटना न्युनिकरणका लागि इलाममा रिफ्लेक्टर स्टिकर

इलाम, 6 माघः सवारी दुर्घटना न्युनीकरण गर्न इलाममा ट्राफिक प्रहरीले जनचेतनामुलक कार्यक्रम चलाएको छ । सोही कार्यक्रम अन्तर्गत चिसो मौसममा बाक्लो मात्रामा हुस्सु लाग्दा हुने दुर्घटना रोकथाम गर्न ट्राफिक प्रहरीले ट्याक्टरको ट्रलीमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने अभियानलाई ब्यापकता दिएको हो । केही दिनदेखि सञ्चालन भएको अभियानका क्रममा जिल्लाभरि तीन सय बढी ट्याक्टरका ट्रलीमा रिफ्लेक्टर स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख एवम ट्राफिक प्रहरी नायब निरीक्षक पदमबहादुर राइले जानकारी दिए । ‘बाक्लो हुस्सु लागेको बेला जथाभावी रोक्ने हुँदा ट्रयाक्टरमा अनिवार्य रिफ्लेक्टर स्टिकर राख्न लगाएका छौं, धेरैजसो ट्याक्टरले स्टिकर टाँसेका छन्,’ उनले भने । ट्राफिक प्रहरीका अनुसार चिसो मौसममा हुने अधिकांश दुर्घटना ट्याक्टरकै कारण हुने गर्छन् । 
ट्याक्टरको ट्रलीमा रिफ्लेक्टर स्टिकर टाँसेपछि पछाडिबाट आउने अन्य सवारी साधनका चालकले सजिलैसँग देख्न सक्ने भएकाले दुर्घटना हुन पाउँदैन ।  जनचेतनामुलक कार्यक्रमबाट सवारी साधनमा आरक्षण सिट भए÷नभएको, लामो दूरीका सवारी साधनमा दुई चालक राखे÷नराखेको, मापसे तथा सवारी साधनको गति, अनटेस्ट मोटरसाइकल लगायतलाई चेकजाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘जसले ट्राफिक नियम विपरितको काम गरेको छ, ती सवारी साधनको चालकसँग दुई मिनेट समय लिएर सम्झाउने गरेको ट्राफिक प्रहरी कार्यालय इलामका रिद्धि खनालले बताए । अभियानका क्रममा सर्वसाधारणलाई जेब्रा क्रसिङको प्रयोगबारे पनि जानकारी दिइएको उनले बताए । जाडो मौसममा मेची राजमार्गको सूर्योदय ननगरपालिका र इलाम नगरपालिका क्षेत्रमा बढी हुस्सु लाग्ने हुदा सवारी साधन नदेखीएर सवारी दुर्घटना हुने गरेकाले न्युनिकरणका लागी ट्याक्टर अगाडी पछाडी रिफ्लेक्टर स्टिकर टाँसिएको ट्राफिक प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता