पाँचथरमा इलामेली कवि प्रकाशको एकल कविता वाचन

इलाम, ७ माघः साहित्यिक विद्यामा शसक्त हस्ताक्षरको रुपमा परिचित इलामका युवा कवि प्रकाश थाम्सुहाङले शनिबार पाँचथरमा एकल कविता वाचन प्रस्तुत गरेका छन् । नाम्धिङगो साँझको दोस्रो अंकमा थाम्सुहाङले आफ्ना दर्जन बढी कविता साहित्यका पारखीहरुलाई सुनाउन भ्याए । 
साँस्कृतिक लेखनको पक्षधर कविले ‘जाडोको कथा’ शिर्षकबाट थालनी गरेका कविता वाचनमा ‘हरियो ग्रहको मान्छे’, ‘उज्यालो यात्रा’, ‘अंश’, ‘साँझ शब्द चित्रमा’, ‘बाजेको कपुर’, ‘माक्सिङबुङ’, ‘सृष्टी विद्रोह’ देखि ‘इलामका ईश्वर चिपालु र पन्ना दाई’को पोट्रेट कविता गरी दर्जन कविता वाचन गरेको चियाबारी दैनिकका सहकर्मी सन्तोष नेम्बाङले जानकारी दिएका छन् । 
कविता लेख्नु कविको समाजसँग मानसिक व्यापार हो भन्ने धारण राख्दै थाम्सुहाङले “मेरो लागि कविता सत्यम शिव्म सुन्दरम हो” भन्दै आफ्ना विचार समेत ब्यक्त गरे । एकल कविता वाचनमा सृजनशिल अराजकताका अभियन्ता साहित्यकार राजन मुकारुङ, प्राध्यापक तथा समालोचक मुनाराज शेर्मा, कवि सुन्दर कुरुप र लक्ष्मी ढुंगानाले कवितामाथी टिप्पणी गरेको थिए । लिम्बू चलचित्रकर्मी पान्थरको आयोजना र सुमन थाम्सुहाङले प्रायोजन गरेको नाम्धिङगो साँझमा पाँचथरका १५० बढी साहित्य पारखीहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता