शिक्षकलाई सिर्जनात्मक तालिम

अजुर्नधारा, ६ माघः अजुर्नधारा नगर कार्यपालिका शिक्षा शाखाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकलाई सिर्जनात्मक अभिव्यक्ति कला तालिम दिइएको छ । तालिममा नगरपालिका भित्र रहेका २८ वटा विद्यालयका ३६ जना शिक्षकको सहभागितामा  थियो। तालिमको सहजीकरण संस्कृति अध्ययन संस्था नेपाल कोटेश्वर काठमाडौँका भानु ओली र रामजी थापाले गरेका थिए । 
‘सामुदायिक विद्यालयमा सिर्जनात्मक अभिव्यक्ति कला तथा समाजिक विषय अध्यापन गराउने शिक्षकका लागि आधारभुत सीपमा आधारित लोकबाजा, लोकनृत्य, लोकगीत, चित्रकला ’ सम्बन्धी प्रशिक्षण दिइएको हो
सात दिनसम्म सञ्चालित उक्त तालिमले प्राथमिक तहको पाठ्यक्रममा राखिएको सिर्जनात्मक अभिव्यक्तिकला शीर्षकको उद्देशय पुरा गर्न सहयोग पुग्ने सहभागी शिक्षक बालकृष्ण चम्लागाईँले बताए । 
अजुर्नधारा नगर कार्यपालिका शिक्षा शाखा प्रमुख जानुका गुरागाईँको अध्यक्षतामा सम्पन्न तालिममा अजुर्नधारा नगरपालिका प्रमुख हरिकुमार रानाले सुझाव राखेका थिए ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता