
इलाम, ६ माघ : इलाम सोसियल इनिएसिएटिभ (क्लोथ बैंक) ले शनिवार देउमाई नगरपालिकाका बालबालिका र बृद्धहरुलाई जाडोमा लगाउने कपडा वितरण गरेको छ । देउमाई छ शान्तिडाँडाका ९० जना बालबालिका र बृद्धबृद्धाहरुलाई ज्याकेट र पाइन्ट वितरण गरेको हो ।
काठमाण्डौमा रहेको सुकवती स्टोरले उपलब्ध गराएका कपडा वितरण गरिएको क्लोथ बैंकका सचिव बिभुषण राईले जानकारी दिए । उनका अनुसार ६० थान ज्याकेट र ३० थान पाइन्ट वितरण गरिएको हो ।
रेडक्रस सोसाइटी उपशाखा कार्यालय शान्तिडाँडाको आयोजनामा भएको कपडा वितरण कार्यक्रममा रेडक्रसका जिल्ला सदस्य चन्द्र केशी, देउमाई नगरपालिका ४ का वडा अध्यक्ष राजेन्द्र वाँस्तोला, क्लोथ बैंकका सचिव राई, कोषाध्यक्ष बिमल एक्तेन लगायतले मन्तब्य राखेका थिए । उनीहरुले जाडोबाट सवैभन्दा प्रभावित बालबालिका र बृद्धबृद्धा पर्ने भएकाले उनीहरुलाई कपडा वितरण गरिएको हो ।