- बिमल अधिकारी

जितपुर, ३० पुसः इलाम जिल्लाको पस्चिमी नगरपलिका देउमाइ नगरपालिका को वडा न ९ (साबिक जीतपुर ३,४,५,६,७,८,९) लाई आज एक कार्यक्रमका वीच पुर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको छ। देउमाइ नगरपालिका ९ न वडाका वडाअध्यक्ष प्रेम सागर बरालको सभापतित्व र जिल्ला समन्वय समिति इलामका सभापती गणेश बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न जातिगत झाँकी, सहित विभिन्न संघसस्था, नगरिक समाजका प्रतिनिधि, शिक्षक, विद्यार्थी समाजसेवी, पत्रकार तथा जीतपुरबासीको सहभगिता रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरुले सरफाइलाई पुर्णता दिन जनमानसको मानसिकतामा परिवर्तन आउनु पर्ने र स्थानीय स्तर बाटै सरसफाइमा तन मन वचनले लाग्नु पर्नेमा जोड दिनुभएको थियो। साथै घोषणालाई मात्र महत्त्वपूर्ण कुरा नठानी अबका दिनमा पुर्ण सरसफाइ उन्मुख वडालाई सार्थकता दिन सबै उमेर लिङ्ग पेशा वर्ग जातजाती का स्थानियहरु सक्रिय हुनुपर्ने र बाटो गल्ली बडारेर मात्र गाउँ सफा नहुने र सफा हुनलाइ प्रत्येकको मन समेत सफा हुनुपर्नेमा दुइमत नभएको बताउनु भयो।
साविक जीतपुर गाविसको आयोजना, ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्डबोर्ड) को आर्थिक सहयोग, सुनगाभा विकास संस्था र नेपाल रेड्क्रस सोसाइटीको सहजिकारणमा सरसफाई कार्यक्रम संचालन गरिएको थियो । सफा घर आगन, चर्पीको प्रयोग, सुधारिएको चुलो, भाडा माझ्ने जुठेल्नो, मचान, हात धुने प्रयोग आदि कुरालाइ सुचक मानी शुरु गरिएको सफा गाउँ अभियान बाट उक्त सुचक पूरा भएका घर धुरीलाई सफा घर को अङ्कित स्टिकर टाँसिएको र सोही अनुरुप पुर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको वडा सचिब युबराज घोर्साइले बताउनु भयो।