- गोबिन्द पौडेल

पहिलादेखीनै हिउदको समयमा बालबलिकाहरुले फूटबल खेल्ने गरेका उक्त निजी जमिनमा खेलमैदानको ठूलो संभावना देखेपछि सात बर्ष अगाडीनै रु पच्चिस हजारको दरले दुइ रोपनी जग्गा खरिद गरेर कामचलाउ रुपमा फूटबल खेल खेलीदै आएकोमा उक्त खेल मैदान सागुरो भएको गुनासो आइरहदा यस आसपासको युवाहरुको सक्रियतामा रभ्म्याङ्ग स्पोटीङ्ग क्लवको गठन गरेर जिल्ला खेलकुद समितिमा दर्ता गरि गत मंसिर देखी खेलको बिकास र खेलमैदानको निमार्ण गर्ने उदेश्यले हरेक शनिबार एक दिने फूटबल खेलाउदै आएकोमा बचत रहेको दुइहजार रुपैया र युवाहरुमा बढेको खेलको मोहलाइ देखेर थप जग्गा खरिद र खेमैदान बिस्तारको कार्यक्रम एकैसाथ अगाडी बढाउने प्रयास गर्दा हाल निमार्ण समिति र रम्भ्याङ्ग स्पोटिङ्ग क्लको थाप्लोमा अहिले सम्म तिन लाख एकाउन्न हजार सात सय ऋणभार परेको क्लबका सचिव युवराज आर्चायले बताए ।
हाल थप बिभिन्न ब्याक्तिहरुको नाममा रहेको तीन रोपनी बाह् आना जग्गा खरिद गर्दा र पूरानो दुइ रोपनी जग्गाको बाकी छ हजार रहेपनि बिभिन्न दाताहरुको सहयोगमा हालसम्म दुइलाख उनानब्बे हजार पचतहर रुपैया आम्दामी गरेकोमा जग्गाको मुल्यसहित छ लाख चालीस हजार आठसय पन्ध्र रुपैया खर्चगरि पचासी मिटर लम्वाइ र बत्तीस मिटर चौडाइ भएको खेलमैदान निमार्ण गरिसक्दा तीन लाख एकाउन्न हजार बढी ऋणमा परेको आज सार्वजनिक गरिएको बिबरणमा सचिव आचार्यले बताएका हुन ।
हाल निमाण गरेपछि पचासीमिटर लम्बाइर बतिस मिटर चौडाइ भएको खेल मैदानको नमुना मात्र तयार भएको छ साथै मसिनो गरि मिलाउने र ढुङ्गा पन्साउन र किनेको जग्गा पास गर्न समेत दशौ हजार खर्च हुने भएको र आम्दामीको श्रोत नभएको हुदा आफूहरु निक्कै अप्ठारोमा परेको निमार्ण कार्यमा सक्रिय रहेका युवा युवराज प्रधानले बताए । अहिलेलाइ सेभेन साइडको खेल मैदान हुनसक्ने भएपछि उक्त खेलमैदानको उद्घाटन रोङ गाउपालिकाको अध्यक्ष समसेर राइबाट आगामी माघ ८ गते श्रीपञ्चमीको दिन गरिने भएको छ । खेल मैदानको निमार्ण पछि जिर्मलेको मात्र हैन रोङको नै उत्कृष्ट खेल मैदानको संभावना रहेकोले आफूहरुले हिम्मत गरेको यसबाट खेलकुद र खेल पर्यटनको बिकास गर्न सकिने भएकोले ऋण गरेर भएपनि खेलमैदाको निमार्ण गरिएकोले सवै सरोकारवला संघसंस्थाहरु, खेल प्रेमी महानुभावहरु ,रानितिक दल, सरकारी निकायहरुका सहयोगकोलागि आग्रह गरिएको रम्भ्याङ्ग स्पोटिङ्ग क्लबका अध्यक्ष जीवन चाम्लीङ्ग बताउछन् ।