इलाममा करेन्ट लागेर तामाङको मृत्यू

इलाम ३० पुषः इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । करेन्ट लागेर इलाम नगरपालिका ८ का २३ वर्षिय बेदप्रसाद तामाङको मृत्यू भएको हो ।
आफ्नै घर बनाउने क्रममा बांगीएको रड सिधा पार्ने क्रममा मेन लाईनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीको भनाई छ । 
विहान ८ः३० बजे करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाँदै क्रममा बाटोमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता