कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङमा सार्वजनिक

काठमाडौ । सनिवार साँझ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।
बोडका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलका अनुसार विषय अनुसार ग्रेडमा नतिजा सार्वजनिक गरेको जानकारी दिए। ९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङन भएको छ ।
नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट http://www.neb.gov.np/results मा लगइन गरेर हेर्न सकिने छ । यस्तै नेपाल टेलिमकको वेवसाइट http://neb.ntc.net.np/ मा लगइन गरेर पनि  हेर्न सकिन्छ  । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता