
पशु वधशाला तथा मासु ऐन २०५५ मा निश्चित स्थानमा मात्र पशु वध गर्नुपर्ने, पशुपक्षी वध गर्नुपूर्व रोग ब्याधी लागेको छ वा छैन भनेर परीक्षण गरिनुपर्ने, मासु काटेपछि फ्रिजिङसहितको गाडीमा राखेर मासु पसलसम्म पुर्याउनुपर्ने, मासु बेचविखन गर्ने पसलमा अनिवार्य डिफ्रिज राखिनुपर्ने र वधशालामा एक जना भेटनरी डाक्टर हुनुपर्ने ऐनमा व्यवस्था छ ।
त्यस्तै ऐनमा पशुजन्य जनावर पशु चिकित्सकले पशुजाँच गरेर छाला र रगत निकालेर चिस्यानमा राखेको र छाप लगाएको मासु पसलेले बेच्ने प्रावधान रहेको छ । तर फिक्कल क्षेत्रमा मासु काटने ठाँउ व्यवस्थित छैन, व्यवस्थित बधशाला र पानीको माग गरेपनि नगरपालिकाले चासो नदिएको व्यवसायी नरबहादुर फागोले गुनासो गरे ।
विहिवार लाग्ने फिक्कल बजारमा व्यवस्थित बधशाला नहुँदा खुल्ला रुपमा राँगा र बुङगुर काट्दै मासु बेच्दै आइरहेका छन् ।

व्यवस्थित बधशाला नहुँदा गोस व्यवसायीहरु मेची राजमार्गबाट मुनी रहेको पञ्चकन्या समुहको निजी जग्गामा मासु काटदै आइरहेका छन । बर्खाको समयमा हिलाम्मे हुने सो स्थानमा भासमा डुबेर समेत मासु बेच्नु परेको व्यवसायीहरु बताउँछन । २०४२ सालबाट रागाँ काटदै आएका व्यवसायी प्रेमकुमार राईले नगरपालिकाले बधशाला नबनाइ प्रत्येक हप्ता हाटकरको नामबाट आफुहरुबाट रकम असुल्दै आउको गुनासो गरे । उनले भने ‘खै नगरपालिकाले ठाँउ पनि दिएको छैन पैसा उठाउन आउनुहुन्छ नदिए ठेकेदारले ठेक्कामा लिएको छ भन्दै रकम उठाउँछन’ ।
नगरपालिकाले कर असुले बापत सेवा सुविधा दिनुको साटो प्लास्टिकमुक्त नगरको परिकल्पना भन्दै अहिले पोलिथिन झोला समेत प्रयोगमा समेत प्रतिवन्ध लगाएको राईले बताए । खुल्ला र फोहोर ठाँउमा व्यवसायीले राँगा र वंगुर बध गरि झिंगा भन्किरहेको मासु बिक्री गरिरहे पनि सम्बन्धित निकायले व्यवस्थित व्यवस्थित बधशालाका लागी कार्यक्रमहरु ल्याउन सकेको छैन । स्थानीय सन्देशबाट