धार्मिक तथा साँस्कृतिक स्थल सेतीदेविमा सरसफाई तथा रङ्ग रोकन

इलाम, २२ पुसः इलामको ओझेलमा परेको सास्कृतिक धार्मिक महत्व राख्ने सेतिदेवी मन्दिरमा युवा सुचना केन्द्र  इलाम क्रीकेट एकाडमी फर युथका युवा अनि मन्दिर ब्यवस्थापन समितिका युवाहरुको सयुत्तm रुपमा सेति देवि मन्दिर हाता सरसफाइ एवम रङ्ग रोकन गरिएको र रङ्ग रोकनको लागि स्थानिय युवा निर्माण ब्यवसायी निरोज राउतले १२०००।– बराबरको रङ्ग ब्रुस सौजन्य गरेको कुरा युवा सुचना केन्द्रका अध्यक्ष सचिन रायमाझीले गरेका छ्न।
इलाममा स्थानिय स्तरमा भालुडुङ्गा पर्यटनमा युवाहरुको सकृयता बढे सङ्गै जिल्लाका विभिन्न स्थानहरुमा स्थानिय युवाहरुमा सकृयता अनि क्रीयटिभ भाइब्रेसन बढेको छ।यसरी दैनिक जिल्लाका विभिन्न स्थानहरुमा बढेको युवा सकृयताले स्थानिय सास्कृतिक, धार्मिक, साहसिक पर्यटनको हुँदै गरेको विकासलाइ सकारात्मक रुपमा हेरिन थालिएको छ।समाजका जुझारु सकृय युवाहरु अनि निजी स्तरको प्रयासबाट भएको प्रयासलाइ राज्यबाट पनि सहयोगको ठूलो अपेक्षा राखिएको कुरा रायमाझी बताउछन।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता