साखेजुङ, २२ पुसः स्वर्गीय पिता पुङकनाथ खनालको शतवार्षिकीको दिन पूर्व प्रधानमन्त्री झलनाथ खनालले वृक्षारोपण गरेका छन् । उनले आफ्नै निजी जमिन इलाम नगरपालिका १ साखेजुङमा वृक्षारोपण गरेका हुन् । विं.स १९७४ पुष २१ गते जन्मिएका स्वर्गीय पिता पुङ्कनाथ १०० वर्ष भएको अवसरमा ‘जिङ्को वाइलोवा’ नामक बिरुवा रोपेका हुन् । सो बिरुवा जापानको हिरोसिमा र नागासाकीमा बम खस्दा समेत नमरेकाले शक्तिशाली विरुवाका भएको बताइएको छ । शक्तिशाली बिरुवा आफ्नै ठाउँमा लगाउन पाउँदा खुसी महसुस भएको उनले बताए ।
पूर्वप्रधानमन्त्री खनालले दुईवटा बिरुवा लगाएका छन् । बिरुवा रोपेको ठाउँको समेत नामाकरण गरेका छन् । उनले ‘जिङ्को वाइलोवा’ नामक विरुवा रोपिएको ठाउँलाई ‘मधुपङक गैरी’ नामाकरण गरेका हुन् । बिरुवा रोपिएको ठाउँमा चोक निर्माण गरिने र सो ठाउँलाई पर्यटकिय स्थलका रुपमा विस्तार गरिने उनले बताए । बिरुवा रोपिएको ठाउँ मेची राजमार्ग नजिकै पर्दछ । बिरुवा रोपेर उनले नजिकै रहेको रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिचयूटको समेत निरिक्षण गरे । यस वर्षबाट पढाई सुरुभएको सो शिक्षालयमा अध्ययनरत विद्यार्थीलाई उनले बधाई समेत दिए ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता