इलामका पाँच पत्रकार पुरस्कृत (फोटो फिचर)

इलाम, १० माघ : मिडिया फेलोसिप (लेखनवृत्ति) पुरस्कारबाट इलामका पाँच पत्रकारहरुलाई बुधबार पुरस्कृत गरिएको छ । डेनमार्क राजदुतावासको आर्थिक सहयोगमा आइएलओद्वारा सञ्चालित एड्भोकेसी चेलेन्ज फन्ड अन्तर्गत पाँच पत्रकारलाई पुरस्कृत गरिएको हो । 
पुरस्कृत हुने पत्रकारहरुमा सन्तोस नेम्बाङ, याम माबोहाङ, सुजता सुनुवार, बन्दना राई र ज्ञानु केदेम लिम्बू रहका छन् । उनीहरुलाई जनही नगद ३० हजार रकम सहित पुरस्कृत गरिएको छ । सो कार्यक्रमबाट पूर्वाञ्चलका ७ जिल्लाका ३५ पत्रकार पुरस्कृत भइसकेको नेपाल आदिवासी पत्रकार महासंघका उपाध्यक्ष तथा पूर्वाञ्चल संयोजक शाईमान राईले बताए । 
कार्यक्रममा फोनिज केन्द्रकी कार्यक्रम संयोजक गंगा गुरुङले फेलोसिपका बेला मात्र पत्रकारहरु सकृय हुने नभई अन्य समयमा समेत सकृय भएर लाग्नु पर्नेमा जोड दिइन् । 
कार्यक्रममा प्रेस चौतारीका इलाम संयोजक बिमल दाहाल, नेपाल प्रेस युनियनका इलाम अध्यक्ष तोयानाथ भट्टराई, आदिवासी जनजाती युवा महासंघ इलाम अध्यक्ष पूर्ण राई, आदिवासी जनजाती विद्यार्थी संघका मानबहादुर गुरुङ लगायतले मन्तब्य राख्दै पुरस्कृत हुने पत्रकारहरुलाई अझ सकृय हुन आग्रह गरेका थिए ।
फोनिज इलामका अध्यक्ष राम योङ्हाङले आगामी दिनमा पनि फोनिजमा आवद्ध पत्रकारहरुलाई सकृय गराउन आफु लागि पर्ने बताएका थिए । कार्यक्रम इलाम अध्यक्ष योङ्हाङकै अध्यक्षतामा सम्पन्न भएको थियो ।








प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता