
इलाम, ११ माघः राष्ट्रिय बाणिज्य बैङ्कको ५३ औं बार्षिक उत्सवको अवसरमा इलामका विविध कार्यक्रम सम्पन्न भएको छ । इलाम जिल्लामा रहेका इलाम शाखा, फिक्कल शाखा र पशुपतिनगर शाखाका कर्मचारीहरु भेला भई बैङ्कले अन्र्तक्रिया कार्यक्रम सम्पन गरेको छ । निजी बैङ्कहरुको बढ्दो बजार नीतिसँगै बाणिज्य बैङ्कलाई उत्कृष्ट बनाउने विषयमा अन्र्तक्रिया केन्द्रित भएको थियो । सो सँगै तीनवटै शाखाका कर्माचारीहरु भेला भई माई भगवती बृद्ध आश्रममा आश्रित बृद्धबृद्धालाई न्यानो कपडा तथा खाद्य सामाग्री गरिएको छ । आश्रममा विरणपछि तीनवटै शाखाका कर्माचारीहरुले बृद्धबृद्धालाई खाजा खुवाउने कार्यक्रमसमेत आयोजना गरिएको इलाम शाखाका प्रबन्धक अर्जुन ढुङ्गानाले बताए । उनले भने, ‘ फिक्कल शाखा प्रबन्धक तारा सापकोटा, पशुपतिनगर शाखा प्रबन्धक केशव सुवेदी सहित भएर हामीले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हौं ।’ इलाम जिल्लाका विपन्न वर्गमा कर्जा लगानी गर्ने बाणिज्य बैङ्क सबैभन्दा ठूलो बैङ्क हो ।
