- गोबिन्द पौडेल,
रोङ ४ माघः नेकपा एमाले रोङ गाउ कमिटिले गाउपालिकाको केन्द्र सार्ने स्थान उपयुक्त भएको जनाएको छ । गाउपालिका अध्यक्ष सम्सेर राईलाई बुधबार एक ज्ञापन पत्र बुझाउदै प्रक्रियागत कमजोरी भएकाले सच्याउदै जानुपर्ने तथा सार्बजनिक सुनुवाई कार्यक्रम आयोजना गर्न आग्रह गरिएको छ । गाउपालिकाले हाल सम्म गरेका काम तथा निर्णयहरुको बारेमा जानकारी नभएकाले सार्बजनिक सुनुवाई कार्यक्रम गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको एमाले रोङ गाउ पाटी सम्योजक बृहस्पती खतिवडाले जानकारी दिनुभयो । यसैगरी सर्बदलीय समिति को बैठकका लागि पार्टीको तर्फबाट प्रतिनिधि बोलाउदा कम्तीमा ३ दिनको समय दिएर बोलाउनु पर्ने र वार्डका योजनाहरु सञ्चालन गर्दा सबै क्षेत्र बर्ग दल र समुदायको प्रतिनिधित्व का आधारमा अपनत्वता महसुस हुने गरी कार्यसम्पादन गर्न पनि आग्रह गरिएको छ ।
नेकपा एमाले रोङका इन्चार्ज मदन प्रधानको नेतृत्वमा गाउपालिकाको कार्यालय पुगेको एमाले प्रतिनिधी मण्डलले गाउपालिका अध्यक्ष सम्सेर राईलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै अध्यक्ष राईले आगामी माघ १९ गते सार्बजनिक सुनुवाई गर्ने कार्यक्रम तयार भइसकेको बताउनु भयो । गाउपालिकाको कार्य सम्पादनमा सबै दलले यसरी नै चासो देखाईदिएमा रोङ गाउपालिकाको रङ फेर्नमा सहयोग पुग्ने भएकाले ज्ञापन पत्रलाई दस्ताबेजको रुपमा स्वीकारेको अध्यक्ष राईले बताउनु भएको छ ।