
इलाम ४ माघः भारतीय दुतावासको साढे चार करोड बढिको लागत र नेपाल सरकारको सरकारको एक करोड भन्दा बढि लगानीमा छ बर्ष अघि निर्माण भएको नेपाल भारत मैत्री सित भण्डार पछिल्लो पटक पनि ठेकेदारले हात झिके पछि अलपत्र बनेको छ ।
काठमाण्डौका जनक रिजालले दुई बर्ष अघि सित भण्डार सञ्चालनका लागि तीन बर्षका लागि ठेक्कमा लिएपनि सम्झौता अबधी सकिनु भन्दा एक बर्ष बढि समय रहदै सित भण्डार चलाउन नसक्ने जानकारी नगरपालीकालाई दिएपछि अहिले भण्डार खालि अबस्थामा रहेको इलाम नगरपालिकाका इञ्जीनियर दिपक गुरागाईले जानकारी दिए ।
भण्डारमा राखिएको किवी र सुन्तला आधा भन्दा बढि कुहिएपछि ठेकेदार समस्यामा परेका थिए । एकतिर किसानले सित भण्डारमा राख्ने सामान नै नल्याउने अर्कोतीर राखेको सामान समेत कुहिएपछि बल्लतल्ल ठेक्का लागेको सितभण्डार पुन बन्द भएको हो ।
स्थानियहरु ठुलो लगानीको आयोजना शुरुगर्नु अघि पर्याप्त सम्भाव्यता अध्यायन नगरेकाले सित भण्डार नचलेको आरोप लगाउछन् । स्थानियको आवश्यकतालाई विचार नगरि बनाएकाले समस्या आएको स्थानिय दिपेश अधिकारी बताउछन् । तर यता इञ्जीनियर गुरागाईले भण्डारको मेसिनमा समस्या आएकाले अहिले सञ्चालनमा नआएको बताए । उनले भने ‘अहिलेको ठेकेदारले छोडेपनि अर्को व्यवस्था गरेर सञ्चालनमा ल्याउने तयारी शुरु भएकौ छ । धेरैले मल्टि च्याम्बर बनाएर मात्र चलाउन सकिने तर्कगरेपनि इञ्जीनयिर गुरागाई त्यसलाई अस्विकार गर्दछन्
विराटनगर देखि झापा सम्मका सित भण्डार सिंगल चयाम्वरमापनि राम्ररी चलेपनि इलामको भने सञ्चालनमा नआउनुका पछाडी निर्माण अघि सम्भाव्यता अध्यानको कमीभएको किसानहरुको आरोप छ । गुरागाईले रोकीएको स्टोर चल्ने दावी गरे ।
इलाम नगरपालिका ९ सेरामा रहेको सित भण्डारको काम २०६८ सालको चैत्रमा सकिएको थियो । निर्माण भएपछि लामो समय सम्म सञ्चालनमा आएको थिएन । निर्माण भएरपनि सञ्चालनमा नआएपछि सित भण्डारका कतिपय मेसिनमा समस्या आएको थियो । मर्मत गरेर सञ्चालन शुरु गरेपनि कतिपय सामाग्रीमा समेत समस्या आएको गुरागाईले बताए । भण्डारमा भारतीय दुताबासले ४ करोड ३९ लाख तीन हजार रुपयाँ अनुदान दिएको थियो । नेपाल सरकारले ६३ लाख २३ हजार र इलाम नगरपालिकाले ४७ लाख ४० हजार लगानी गरेको छ ।
दुई हजार मेटीक टन अटाउने सित भण्डारमा अहिले ‘हावा स्टोर’ गरिएको छ । शुरुमै सिंगल चयाम्बरको पाँच तले भवन इलाम नगरपालिकाका लागि टाउको दुखाईको विषय बनेको छ ।
अब भण्डार चलाउन थप एक करोड खर्च लाग्ने ६ चैत्र २०७० मा व्यवस्थापन योजना तयार गर्ने इञ्जीनियर सहितको टोलीले तयार गरेको लागत स्टीमेटमा उल्लेख छ । इलाम नगरपालिकाका इञ्जीनियर दिपक गुरागाई अधिकाँस सित भण्डार सिंगल चेमवरमै राम्ररी चलेको बताउँछन् ।
‘आवश्यकता नै पहिचान नगरी गलत स्थानमा बनाएकाले पनि यो भण्डार चल्ने सम्भावना छैन ।’ एक जना सरकारी इञ्जीनियले भने । बर्षमा विद्युत लगायतको खर्च पनि ३६ लाख भन्दा बढि हुने नगरपालिकाको अनुमान छ ।
‘शित भण्डार निर्माणको पुर्व सम्भाव्यता अध्यान नहुनु’ योजनाको कमजोर पक्ष रहेको विज्ञहरुको प्रतिवेदनमा उल्लेख छ । सित भण्डारमा २००० मेटीक टन को एउटै च्यामवर बनाउनु सबै भन्दा ठुलो कमजोरी भएको पनि उल्लेख छ । व्यवस्थापकीय योजनाले आफैमा चिसो इलाममा आलु भण्डारणका लागि सित भण्डार नै आवश्यक नहुने संकेत गरेको छ । इलामे किसानले राख्न सक्ने किवी फल पनि ६ महिना सम्म घरमै भण्डारण गर्न सक्ने किसानहरु बताउछन् । । अदुवा, अलैची लगायतका उत्पादन सित भण्डारमा राख्न सकिदैन ।
इलामे किसानको बजार झापा लगायतका तराईका बजार नै हुँन । झापा नजिक रोङ गाउँपालिकामा सित भण्डार बनाएको भए पहिले नै सित भण्डार चल्ने कतिपयको भनाई छ ।
सित भण्डारमा उच्च कम्प्रेसर मेसीन जडान भएकोले विस्फोटन र एमोनीया ग्यास चुहावटको खतरा समेत उत्तिकै भएको प्राविधिक हरुले उल्लेख गरेका छन् । ‘भित्री भागमा ग्यास चुहावट भएमा भण्डारण गरेको बस्तु सबै नष्ट हुन सक्ने ।’ व्यवस्थापकीय योजना २०६९ मा उल्लेख छ । सञ्चालनका लागि प्रतिवेदनका ठेली निर्माण भएपनि कार्यान्वायन भएको छैन ।