
इलाम २७ पुसः डाक्टर गोविन्द केशीको समर्थनमा इलामका युवाहरुले उल्टो ¥याली निकालेको भिडमा एकजना वालीका जस्ते केसीको समर्थनमा प्लेकार्ड टाँसेर देखिइन । उनी थिईन सम्पदा पराजुली अहिले उनको तस्वीर सामाजिक सञ्जालमा भाईरल भएको छ । विभिन्ना अनलाईनहरुले समाचार बनाएका छन् ।
आखिर उनि को हुन त डा. केसीको समर्थनमा इलाममा उल्लटो ¥यालीमा सहथागी हुने ? उनी जस्तै कयौ बालबालिकाहरु सिटामोल सम्म नपाएर देशमा मरिरहेका छन् । डा. केसीले उनिहरुको लागि पनि यो आन्दोलन गरेका थिए । छन् । सम्पदाको डा. केसीको साथमा उभिनुले यो अनुभुती हुन्छ की देशमा डा. केसीको साथमा सवै जनता छन् । उमेरले ५ वर्ष भर्खर टेकेकी इलाम नगरपालिकाकी सम्पदाको यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भई रहेको छ । देशमा केसीको समर्थन गर्नेको भिडमा सम्पदा एउटा नयाँ पहिचान बनेकी छन् ।


