
बिर्तामोड, ११ माघः विरता लेडी जेसीजको पद हस्तान्तरण बुधबार सम्पन्न भएको छ । सन् २०१७ की अध्यक्ष नैनकला भट्टराईले आफूले लगाएको जेसीज चेन सन् २०१८ की अध्यक्ष नम्रता ढकाललाई पहिराएर पद हस्तान्तरण गरेकी हुन् । विरता लेडी जेसीजको यो १४ औँ पद हस्तान्तरण हो । १४ औँ अधिवेसनले कार्यकारी उपाध्यक्षमा दमन्ता दाहाल, शुष्मा पौडेल, उपाध्यक्षमा कमला उप्रेती , हिमा पौडेल, मञ्जु न्यौपाने, संगीता गिरी चयन भएका छन् । त्यसैगरी संयुक्त सचिवमा मिरा अधिकारी, जनसम्पर्क अधिकारीमा अनिता पुरीलाई चयन गरेको छ ।
वर्ष २०१७ कि अध्यक्ष भट्टराईको अध्यक्षता र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको औचित्यमाथि पूर्वअध्यक्ष पार्वता खरेलले प्रकास पारेकी थिइन् । आस्था वाचन लिला दङ्गालले गरिन् ।
पदस्थापन कार्यक्रममा बोल्दै वक्ताहरुले जेसीजले सबै युवालाई सकारात्मक सोचका साथ अगाडी बढ्न प्रेरणा दिएको बताए ।
कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष प्रकाश मानन्धर , विरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, बिर्तामोड जेसीजका अध्यक्ष सञ्जु भारती, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , पत्रकार तारामणि सापकोटा लगायतको आतिथ्यता रहेकोे थियो ।
महासचिव गोमा भट्टराईले सञ्चालन गरेको कार्यक्रमको स्वागत सुस्मा भण्डारीले गरेकी थिइन् ।