इलाम नगर सभाः ६ वटा ऐन पारित, ७१ करोड ९३ लाख २१ हजारको बजेट स्वीकृत

इलाम, १ चैतः विभिन्न ६ वटा ऐन पारित गर्दै इलाम नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको सभा सम्पन्न भएसँगै बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । नगरसभाले ७१ करोड ९३ लाख २१ हजारको बजेट स्वीकृत गर्दै  गर्दै ६ वटा नगर ऐन २०७४ पारित गरेको छ । नगरसभाबाट पारित ऐनहरु एक सातामा प्रमाणीकरण गरेर इलाम नगरपालिका राजपत्र प्रकाशित गर्ने निर्णय गरेको नगरप्रमुख महेश बस्नेतले जानकारी दिए । बस्नेतले इलाम नगरपालिकालाई समृद्ध बनाउन विभिन्न निर्णय गरीएकोे समत जानकारी दिए । सभाले ‘इलाम नगरपालिका सहकारी ऐन २०७४’, ‘इलाम नगरपालिका नगर प्रशासकीय ऐन २०७४’, ‘इलाम नगरपालिका नगर कर्मचारी  ऐन २०७४’, ‘इलाम नगरपालिका कृषि ब्यवसाय ऐन २०७४’, ‘इलाम नगरपालिका बजार अनुगमन  ऐन २०७४’,  ‘इलाम नगरपालिका न्यायिक समिति ऐन २०७४’ पारित गरेको हो ।
नगरसभाले ६४ करोड ७० लाखको पुरक बजेटलाई परिमार्जन गर्दै छुट भएका योजना थप गरी ७१ करोड ९३ लाख २१ हजारको बजेट स्वीकृत गरेको छ । नगरसभाले हाल सम्ममा २० भन्दा बढी ऐन र विद्येयक पारित गरिसकेको जनाएको छ । नगरसभाले अन्य १३ वटा विशेष प्रस्ताव पारित गरेको छ । नगर सभाको विशेष प्रस्तावमा स्थानीय जनप्रतिनिधिको मर्यादाक्रम पुर्नविचार गर्न, इलाम नगरपालिका ९ भञ्ज्याङ देखि इलाम नगरपालिका ११ को सोयाक बेलासे– दानाबारी हुँदै बिर्तामोड सम्मको सडकलाई द्रुत मार्गका रुपमा विकास गर्ने बजेट तथा कार्यक्रम समाबेश गर्न प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । त्यस्तै इलाम नगरपालिका १ साखेजुङमा रहेको रत्नकुमार वान्तमा पोलिटेक्न्किल इन्टिच्युटमा आगामी शैक्षिक सत्र देखि नर्सिङ, एचए, वन विज्ञान र इन्जिनियरिङ्ग कक्षा संचालन गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको छ ।
यस्तै इलाम नगरपालिका ७ को आर्दश माविमा विज्ञान संकायमा स्नातक तहको कक्षा संचालनमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धताका विद्यालयलाई सो कक्षा संचालन गर्न आग्रह गरेको छ । नगर सभाले मरब क्याम्पस इलामलाई फुल तथा बागवानी बिषयमा अध्ययन गर्ने संस्थाका रुपमा बिकास गर्न ड्रिम विश्वविद्यालय बनाउन प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ । नगरसभाले इलाम अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी र औषधीको ब्यवस्था गर्न माग गर्दै इलाम सदरमुकाम स्थापनाको २ सय वर्षको अवसरमा आयोजना गरिने कार्यक्रलाई सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ । यस्तैसभाले राजदुवालीमा माई भगवती रंगशाला निर्माणका लागि पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता