
इलाम । तिहारको भाइटिकामा माइतीको प्रतिक्षा गरिरहेकी चेलीको भावनालाई समेटेर इलामका संचारकर्मी जीवन शर्माले मार्मिक भिडियो तयार पारेका छन् ।
बरिष्ठ गायक कुबेर राईको स्वरमा सजिएको ‘कुल्चियो कि परायाले’ बोलको गीतलाई जीवन र अर्का पत्रकार धडकन शर्माले अभिनय गरी भिडियो तयार पारेका हुन् । गीतलाई गायक कुबेर राईले नै संगीत भरेका छन् ।
चल्तीको मोडल भन्दा पनि गाउँका कलाकारहरुलाई प्राथमिकता दिएर तयार पारिएको भिडियोको निर्देशन जीवन शर्माले गरेका छन् । गीतको रचना पनि स्वयम शर्माकै हो ।
गाउँका सुन्दर युवतीहरु बर्षा काफ्ले र सम्झना रसाइलीले चेलीको अभिनय गरेका छन् । जीवन, धडकन र सुमन शर्माले माइतीको भूमिकामा देखिएका छन् ।
गीतमा माइतीको प्रतिक्षा गरिरहेकी चेली र मुग्लान छिरेको माइतिको भावना मार्मिक रुपमा समेटिएको छ ।
मनोरन्जन नेपालले सार्बजनिक गरेको भिडियोलाई हिकस राईले छायाकंन र सम्पादन गरेका हुन ।