माइजोगमाईमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

  • नरेन इलामेली

माइजोगमाई, २३ फागुनः इलामको माइजोगमाई गाउँपालिकाका वडा नं १ नयाँ बजारमा एक कार्यक्रमका बीच जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ। वडामा रहेका १५ पुरुष र १५ महिलालाई न्यानो कपडा वितरण गरिएको हो।

पुरुषहरुलाई ट्र्याक सुट र‌ महिलाहरुलाई स्विटर वितरण गरिएको हो। वडा नं १ का वडा अध्यक्ष यामकुमार कार्कीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका इन्जिनियर सचितानन्द देवको‌ बिशेष आथित्यमा सम्पन्न भएको कार्यक्रम वडा नं १ का सचिव गोकुल संजेलले संचालन गर्नुभएको डम्बर निरौलाले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता