नेपाल नगरपालिका संघ प्रदेश एकको संयोजकमा महेश बस्नेत

इलाम, २३ फागुन : नेपाल नगरपालिका संघ नेपालको प्रदेश एक स्तरिय भेला १४ सदस्य समन्वय समिति चयन गर्दै बुधबार सम्पन्न भएको छ । विराटनगरमा सम्पन्न भेलाले इलाम नगरपालिका प्रमुख महेश बस्नेतको संयोजकत्वमा समन्वय समिति चयन गरेको हो । 
समितिको सहसंयोजकमा मेची नगरपालिका प्रमुख विमल आर्चाय रहेका छन् । यस्तै सदस्यहरुमा मन्जु भण्डारी (सुवेदी) धरान उपमहानगर उपप्रमुख, वम चिन्तन तामाङ्ग धनकुटा नगरप्रमुख, ज्ञानेन्द्र श्रेष्ठ कटारी नगरप्रमुख, विणादेवी राई दिक्तेल मझुवाकोट नगर उपप्रमुख, चन्द्र शेर्मा शिवसतासी नगर प्रमुख, पवित्रा महत्तरा विर्तामोड नगर उपप्रमुख, खड्ग फागो उर्लाबारी नगर प्रमुख, राजन मेहेता इनरुवा नगर प्रमुख, रिता कुमारी चौधरी चौदण्डी नगर उपप्रमुख, पावर्ती पौडेल म्याङ्गलुङ्ग नगरउपप्रमुख, सुनिता दाहाल शाह दुहवी नगर उपप्रमुख लगायत रहेका छन् । धुलिखेल नगरपालिकाका प्रमुख अशोक वेन्जुको अध्यक्षता तथा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता