इलाम, २४ फागुनः बुधबार राती इलाम नगरपालिका–९ गोलबस्तीमा २ जना संचारकर्मीमाथी कुटपिट भएको छ । राती १० बजेको समयमा एफएम बन्द गरेर कोठा तर्फ जाँदै गरेका चियाबारी एफएमका बजार ब्यवस्थापक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेलाई स्थानिय रविन मगर सहितको समुहले आक्रमण गरेका हुन । कुटपिटमा परेका पाठकको अबस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । उनको टाउको, हात र खुट्टामा चोट लागेको छ ।
प्रकाशको अवस्था भने सामान्य रहेको वताइएको छ । उनीहरुको हाल इलाम अस्पतालमा उपचार भइरहेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र कटुपिटमा संलग्न मगरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक रमेश बस्नेतले जानकारी दिए । गम्भिर घाइते पाठकलाई थप उपचारको लागी विएन्डी अस्पताल विर्तामोड पठाउने तयारी भएको बस्नेतले बताए ।