
रोङ २९ फागुनः इलामको रोङ ३ कोल्बुङमा हत्यागरी फालिएको अवस्थामा हिजो एक पूरुषको लास फेला परेको छ । मेची राजमार्गको लसुने अर्यालचोक सडक खण्डको जमुने डाँडा भन्ने स्थानमा सडक बाट करिब २० पूmट तल जुटको बोरामा प्याक गरेर फालिएको अवस्थामा लास फेला परेको हो । प्रहरीेले लासलाई सडक किनारामा ल्याएर बोराबाट लास निकाल्दा साथमा रहेको पर्समा सवारी साधन चालकको लाइसेन्स फेला परेको थियो । लाइसेन्सको आधारमा झापा बिर्तामोडमा सुनचादी ब्यवसाय गर्ने साजन मुखिया हो भनी सनाखत भएको प्रहरीले जनाएको छ ।
मृतकका दाजु राजन मुखियाले पनि भाइकै सव भएको सनाखत गरेपछि मुचुल्का गरी पोष्टमार्टमको लागि पठाइएको घटना स्थलमा रहनुभएका रोङ गाउपालिकाका उपाध्यक्ष चन्द्रकला राईले जानकरी दिनुभएको छ । मृतक मुखिया हराएको १० दिन पछि लास फेला परेको जनाइएको छ । बोरा भित्रनै किरा परेर सडिन लागेको दुर्गन्धित अवस्थामा लास फेला परेको हो । मृतकको पछाडी हात बाधिएको र अनुहार काटिएको अवस्थामा लास भेटिएको हो ।