पुवाखोलमा नयाँ प्रविधिबाट निर्माणाधिन पुल अन्तिम चरणमा

  • प्रकाश नेपाल

इलाम, ३० फागुनः मेची राजमार्ग अन्र्तगत इलाम पुवाखोलामा निर्माणाधिन पुल अन्तिम चरमा पुगेको छ । फुटपाथ सहित दुई लाइन गाडी कुद्न सक्ने पुलको काम ९८ प्रतिशत पुरा भएको हो । इलाम सडक डिभिजन कार्यालय इलाम मार्फत निर्माणाधिन यस पुल पूर्वी क्षेत्रकै नयाँ प्रविधिबाट तयार गरिएको हो । मेची राजमार्गले पुर्वी पहाडी जिल्लाहरुलाई तराई जोड्न पुलको काम गरिरहेको छ । यस सडकले दैनिक उपभोग्य वस्तु घरघरमा लैजान र उत्पादित वस्तु सहज रुपमा बजारसम्म लैजान मद्दत गरेको छ । यस राजमार्गमा पर्ने धेरै स्थानहरुमा पुराना पुल जिर्ण भएका छन् । यहाँ समेत भएको पुल पुरानो भएका कारण नयाँ पुल निर्माण गरिएको डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुबकुमार झाले जानकारी दिए । 
निर्माणाधिन पुल (प्रिस्टे«स कन्क्रिट) प्रविधिबाट निर्माण भएको जनाइएको छ । यस प्रविधिबाट निर्माण गरिएको पुल नेपालमा कमै रहेको इञ्जिनियर झले बताए । ‘अब सबबेस र पेन्टिङको मात्र काम बाँकी छ ।’ झाले भने । उतm पुल निर्माणका लागि ४ करोड १३ लाख ९० हजार दुई सय ९५ रुपैयाँको लागतमा २०७१ असार २७ गते ठेक्का सम्झौता भएको थियो । एलिट कन्ट्रसनले काम गरिरहेको छ । ठेक्का सम्झौता लिएको ३ वर्षमा सक्नुपर्ने भएपनि नयाँ प्रबिधि भएकाले सामाग्रिको अभावका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।उतm पुलको लम्बाई ४१ मिटर छ भने चौडाइ ११ मिटर रहेको छ । यस प्रविधिबाट निर्माण भएको पुलको आयु लामो हुने प्राविधिकहरुको छ ।
सडकसँगै यस सडक डिभिजन कार्यालय इलामले राष्ट्रिय र क्षेत्रिय राजमार्ग गरी ३९१ किलोमिटर सडक निर्माण, पुर्ननिर्माण र मर्मत गर्ने जिम्मा पाएको छ । राष्ट्रिय राजमार्ग अन्तर्गत मेची राजमार्ग झापा र इलामको सिमा रोङ गाउँपालिका स्थित (च्यान डाँडा) जोरकलशबाट पाँचथर हुँदै ताप्लेजुङको सुकेटारसम्म २२१ किलो मिटर हेर्ने जिम्मा समेत पाएको डिभिजन प्रमुख खड्गलाल श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता