पहिलो पाइलाले गर्यो मृगौँला रोगीलाई आर्थिक सहयोग

बिर्तामोड ३० फागुनः पहिलो पाइला नामक समाजिक संस्थाले मिर्गौला रोगीलाई आर्थिक सहयोग गरेको छ । 
अर्जुनधारा नगरपालिका वडा नं ११ निवासी ४० वर्षीय टिका श्रेष्ठलाई (मजदुर) आर्थिक सहयोग गरेको हो । श्रेष्ठ दुबै मिर्गौला फेल भई हाल काठमाडौंमा उपचारत रहेको र उनको आर्थिक अवस्था न्यून रहेका कारण आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष कृष्ण अग्रवालले जानकारी दिए । 
संस्थाले काँकरभिट्टा, बिर्तामोड, दमकलगायतका सहरमा पिउने पानीको बोतल (मिनरल वाटर) बेच्ने अभियानसँगै सडकमा आर्थिक संकलन गरेको हो । 
यसरी संकलित १४ हजार १६५ रुपयाँ आज मंगलबार बिरामी श्रेष्ठको घरैमा गएर उनकी आमा सावित्रा श्रेष्ठलाई अभियन्ताहरुले हस्तान्तरण गरेका हुन् । 
कसैको आर्थिक अवस्था कमजोर हुँदैमो अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ संस्थाले आर्थिक सहयोग संकलन अभियान अघि सारेको संस्थाका सदस्य आयुश अग्रवालले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता