विविध निर्णय गदै रोङ गाउपालिकाको बैठक सम्पन्न

रोङ, ३ चैतल् रोङ  गाउपालिकाका बिभिन्न सडकहरुको डिपीआर तयार गर्न बजेटको ब्यवस्था गरेको छ । डिपीआर निर्माण हुने सडकको बिनियोजित बजेट बाट २५ प्रतिसत रकम कट्टा गरी डिपिआरमा लगानी गर्ने निर्णय भएको उपाध्यक्ष चन्द्रकला राईले जानकरी दिनुभयो ।
त्यसैगरी वडा नम्बर १ का असिना पिढितलाई राहत बितरण गरिएको २ लाख ५५ हजार ५ सय ७ रुपैया खर्च अनुमोदन गर्ने र २ वटा बजेटको शीर्षक परिबर्तन गर्ने समेत निर्णय गरेको छ । यसरी शिर्षक परिबर्तन गरिएको बजेटमा रोङ ४ को किटेनी स्थीत झरना जाने बाटोको लागि बिनियोजन भएको ४ लाख ७५ हजार रुपैया सोही वडाको ओझेली स्थीत घलीगोठ जाने सडकमा लगानी गरिने भएकोे छ । त्यसैगरी रोङ २ को छाउरी पोखरीको निर्माणको लागि बिनियोजित रकम सोही पोखरी सम्म पुग्ने बाटो निर्माणको लागि खर्च गरिने भएको छ । परिबर्तन गरिएको शिर्षक आगामी गाउसभाले अनुमोदन गर्नुपर्ने छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता