
इलाम ३१ साउनः इलाममा आगामी कात्तिक पहिलो साताबाट ‘इलाम प्रिमियर लिग’ क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । पाहुना टीम दार्जेलिङको एक सहित प्रदेश नम्वर एक भरिका १६ वटा टीमको सहभागिता रहने प्रतियोगिता जिल्ला क्रिकेट संघले आयोजना गरेको हो ।
पूर्वी पहाडी जिल्लाकै उच्च धनराशी रहेको प्रतियोगिता सञ्चालन गर्न करिव १२ लाख रकम खर्च लाग्ने अनुमान गरिएको आयोजक जिल्ला क्रिकेट संघका अध्यक्ष मानबहादुर राईले जानकारी दिए । उनका अनुसार प्रत्येक टीमले दर्ता शुल्कबपत १० हजार बुझाउनु पर्ने छ । बाहिरबाट आएका खेलाडीहरुलाई खानाको ब्यवस्था गरिए पनि बस्न स्वयम टीमले ब्यहोनुपर्ने आयोजक समितिका उपाध्यक्ष गणेश खतिवडाले जानकारी दिए ।
प्रतियोगितामा जिल्लाका सात, प्रदेश नम्वर एकका आठ र दार्जिलिङको एक टीम गरि १६ वटा टीम समावेश गराइने वताइएको छ ।
प्रतियोगिताको प्रथम हुने टीमले नगद एक लाख सहित मेडल र प्रमाण पत्र पाउनेछ । त्यस्तै द्धितिय हुने टीमले नगद ५० हजार सहित नगद मेडल र प्रमाण पत्र पाउनेछन् । प्रथम पुरस्कारको राशी इलाम नगरपालिकाले ब्यहोर्ने बिहिबार आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।