- विनोद श्रेष्ठ
सँस्कारबाट विकसित जीवन पद्धतिको नाउँ सँस्कृति हो । जीवनका चिन्तन दर्शन, धर्म, परम्परा र आनुवंशिक क्रियाकलापमा सँस्कार जीवित रहन्छ । समय र मान्यताअनुसार थोर बहुत सँस्कृतिमा परिवर्तन पनि देखिन सक्छ तर यसको खास तत्वमा भने त्यस्तो फेरबदल आउँदैन ।
सँस्कारको पृष्ठभूमिमा सँस्कृतिले जन्म लिने गर्दछ । सँस्कृतिलाई पहिचानमा ल्याउने काम चाडपर्व मनाउने तरिका, परम्परागत नाचगान, जीवनका पद्धति तथा शैली र रीतिरिवाज आदिले प्रत्यक्ष प्रभाव पार्दछ । हरेक देशका बासिन्दाहरुको जीवन शैलीमा त्यस देशकै सँस्कृतिको झलक पाइन्छ । देशभित्र अनेक जातजाति हुन्छन् परम्परा र विश्वास हुन्छन् । एउटै समाजमा रहेर पनि तिनले आफ्नो सँस्कृति जोगाएर राख्छन् । तिनको साझा रुप सँस्कृति बन्छ । तिनै सँस्कृति अनि जात्रा हो लाखेजात्रा ।
जुन इलाममा आजबाट शुरु भएको छ यहिं साउन २३ गते आइतबारबाट । जुन नाग पञ्चमीबाट शुरु भएर कृष्ण जन्माष्टमीको दिन विधिवत रुपमा लाखे मारेर सकिन्छ । भाद्र शुल्क पञ्चमीमा मनाइने ऋषि पञ्चमी, माघ शुल्क पञ्चमीमा मनाइने बसन्त पञ्चमी त्यस्तै गरी श्रावण शुल्क पञ्चमीका दिन मनाइने सर्पको चित्र लेखी ढोकामाथि टाँसी त्यसलाई पूजा गर्ने प्रचलन आदि कालदेखि नै चलीआएकोले यो चाडको नाम पनि नागकै नामबाट नामाकरण गरी नाग पञ्चमी राखिएको हुन सक्छ । यो दिन घरको मूल ढोकामाथि नाग लेखेको छापा टाँसेर घरको मुलीले पूजा गर्दछ । गाईको गोबर टाँसेर त्यसमाथि दुबो लगाइन्छ । टीका र जजंका लगाएर फूलले सिंगारी दूध, घिउ, मह, रोटी, फलफूल चढाइन्छ ।
दिप, धूप बालेर पूजा सकाइन्छ । कतिले त घरको सबै ढोकामाथि नाग लेखेको सानो छापा टाँसेर पूजा गर्दछन् । नागलाई श्रीखण्डको वासना र संगीत मनपर्छ । अरु–अरु चाडहरुको दिनमा जसरी घर लिपपोत गर्ने चलन छ त्यस्तै गरी यो चाडको दिन पनि एकाबिहानै घर लिपपोत गरी सफा सुग्घर गरेपछि प्रत्येक घर घरमा गुरु पुरोहितहरुले नागको चित्र अंकित कागजको चारै सुरमा र सिरानपट्टि बीचमा एउटा सुपारीको दाना र दुबो समेत राखी गोबरले टाँस्दछन् ।
यो श्रावण शुल्क पञ्चमीको दिनलाई किन र कसरी नाग पञ्चमीको रुपमा मनाइएको हो भन्ने बिषयमा तीन वटा तर्कहरु प्रमुख छन् । नाग तथा सर्प जाति मनुष्यहरुको लागि ज्यादै बिषालु तथा भयानक घस्रने प्राणी हो । श्रावण महिनामा ज्यादै गर्मी हुने भएकोले सर्पहरु आफनो प्वालबाट बाहिर निस्कन्छन् ती बिषालु सर्पहरुले मानिसलाई हानी पु¥याउलान् भन्ने डसले सर्पकै चित्र अंकित कागजहरु ढोकामा टाँसी पूजा गरेपछि बर्षभरी नै घरभित्र सर्पले प्रवेश गर्दैन भन्ने धारणाले उक्त दिन नागको पूजा गरेको हुनुपर्दछ । यस कथनमा हाम्रो केही मात्रामा मनोबैज्ञानिक आधारहरु मात्र गर्न सक्दछौ ।
यो श्रावण शुल्क पञ्चमीको दिनलाई किन र कसरी नाग पञ्चमीको रुपमा मनाइएको हो भन्ने बिषयमा तीन वटा तर्कहरु प्रमुख छन् । नाग तथा सर्प जाति मनुष्यहरुको लागि ज्यादै बिषालु तथा भयानक घस्रने प्राणी हो । श्रावण महिनामा ज्यादै गर्मी हुने भएकोले सर्पहरु आफनो प्वालबाट बाहिर निस्कन्छन् ती बिषालु सर्पहरुले मानिसलाई हानी पु¥याउलान् भन्ने डसले सर्पकै चित्र अंकित कागजहरु ढोकामा टाँसी पूजा गरेपछि बर्षभरी नै घरभित्र सर्पले प्रवेश गर्दैन भन्ने धारणाले उक्त दिन नागको पूजा गरेको हुनुपर्दछ । यस कथनमा हाम्रो केही मात्रामा मनोबैज्ञानिक आधारहरु मात्र गर्न सक्दछौ ।
नाग पञ्चमीको दिन कतिपय गाउँ ठाउँहरुमा धारा कुवा तथा इनारहरुको मुहानमा नागहरुको पूजा गर्ने गर्दछन् । यो प्रचलनबाट नागहरु पानीको प्रतिक मानिएका रहेछन भन्ने अड्कल गर्न सकिन्छ । यसरी नागको पूजा गर्नाले पानीको मुहान सुक्दैन र साथै अनावृष्टि पनि हँुदैन भन्ने अझै कतिपय मानिसहरुको धारणा छ । यो नाग पञ्चमीको बारेमा अर्को एउटा किंवदन्ती यस प्रकार छ । कुनै जमानामा एक जना किसानले खेतमा हलो जोत्दाजोत्दै एउटा नाग परिवारको तीन जना बच्चाहरु मारिएछन् । यसबाट आमा चाहिं नागिनी ज्यादै रिसाएर त्यो किसान परिवारका आमा, बाबु र दुई छोराहरुलाई डसेर मारिदिई ।
अब त्यस घरमा एउटी छोरी मात्र बाँकी भइन् । त्यसलाई पनि मार्छु भनी जाँदा यो बालिकाले रिसले चुर भएकी नागिनीको अगाडि हतपत दूधको भाँडो ल्याई राखी दिइछ । यो देखेर त्यो नागिनी ज्यादै खुशी भएर भनिछ–‘हेर नानी आज नाग पञ्चमीको दिन दूध पिलायौं, ज्यादै खुशी भए, अब म तिमीलाई मार्दिन के माग्छौ माग ।’ नागिनीको यस्तो कुरा सुनेर बालिकाले भनिन्–‘मेरा मरेका आमा, बाबु र भाइहरु बाँचुन् र आजको दिन कुनै पनि नागले नडसुन् ।’ यस्तो कुरा सुनी नागिनीले पनि ‘तथास्तु’ भनी विलिन भइछ ।
यस कारणले नाग पञ्चमीको दिन नागको पूजा गरेको हो भन्ने पनि हाम्रो लोकधारणा छ । उपत्यकाको पानी बाहिर पठाउँदा यहाँ बसोबास गर्दै आएका कर्कोटक नागलाई तौदह र शेष नागलाई नागदह र अन्य दहहरुमा गई सबै नागहरुलाई बासस्थान तय गरी दिएको हो । हाम्रो सँस्कृति र परम्परामा नागहरुलाई उच्च स्थान दिइको छ । भगवान शिवको घाँटीमा नागले बेरेको छ भने कुमारी, भैरव र अजिमाहरुको गहना पनि नाग नै हो । विष्णु भगवानको शैंया नाग हो र अन्य धेरै देवताहरुको पटुका पनि नाग नै हो । बुद्ध भगवान, कृष्ण भगवान, गुहेश्वरी आदि धेरै भगवानहरुलाई एक टाउकोदेखि लिएर धेरै टाउको भएका नागहरुले ओढाएको पाइन्छ । त्यसैले नागले वास गरेको ठाउँमा लक्ष्मीले बास गर्छिन् शान्ति भई बास फलिफाप हुन्छ भन्ने विश्वास छ ।
त्यसकारण घरको जग हाल्दा नाग पूजा गर्ने, घरमा नागको लागि अलग्ग स्थान छोडिराख्ने चलन छ । अनन्त बासुकी, पद्यधवल, महापद्यधवल, तक्षक, कुलीक, कर्कट, शङखपाल, शेष, अश्वतर नागहरुको नाम लिने चलन छ । नागदह र अरु पनि धेरै दहहरुमा मेला लाग्छ । लक्ष्मण र वलराम शेष नागको अवतार हो ।
कृष्णको नाग अवतार बासुकी हो । नाग जति पछ्याउने र भयंकर डरलाग्दो हुन्छ त्यतिकै करुणामयी रक्षक पनि हुन्छ । नेपालको सबैजसो स्थानमा नेवार जातिको अमूल्य जात्रा प्रत्येक बर्ष नाग पञ्चमीको दिनदेखि लाखेजात्रा निकाल्ने परम्परा रहेको छ । जुन दिन इलामको माईस्थानमा भेला भई लाखेभुत्लेको मुकुण्डोमामा धार्मिक विधिद्धारा पूजा गरी सगुन खुवाए पश्चात धिमे बाजा, झयाम्टालगायत अन्य बाजा बजाउँदै बजार परिक्रमा गर्ने चलन छ । साथै भिमसेन स्थान मन्दिरमा पनि पूजा गर्ने चलन छ । पहिले भोग दिने चलन थियो भने अहिले यो चलन हराउँदै गएको छ । पूजा गरेपश्चात नगरको मुख्य क्षेत्रमा परिक्रमा गरेपश्चात भोलिपल्टबाट नगरभित्रका सबै वडाहरुमा लाखे नचाउने चलन रहेको छ । इलाम बजार नेवार समुदाय बसोबास गरेको पूराना पूर्वी पहाडी बजार हो ।
जिल्लामा करीब सोह« हजार नेवार जातिको बसोबास रहेको छ । नेपाल एकीकरणदेखि नै विभिन्न पेशा व्यवसाय लिएर यस इलाकामा बसोबास गर्दै आएका नेवार समुदायको यस क्षेत्रको विकासमा विशेष योगदान रहेको छ । जहाँ बसे पनि आर्थिक क्रियाकलापमा संलग्न रहने भएकाले बजार बिस्तारमा नेवार समुदायको उल्लेख्य भूमिका रहेको छ । इलामका प्राय धेरैजसो व्यापारिक केन्द्रहरुमा नेवार जातिको बाहुल्य छ । आफ्नो मूलथलो राजधानीदेखि धेरै टाढा रहेर पनि आफ्नो सँस्कृति पनि संरक्षण गरेका छन् ।
इलाममा पनि नेवार समुदायको गतिविधि आफ्नै गतिमा अगाडि बढिरहेको छ । नेवार जातिको सामाजिक परम्परा, रितिरिवाज, सँस्कृति, सँस्कार तथा चाडपर्वहरुको आफ्नै मौलिक विशिष्टता रहेको छ । इलाममा रहेका नेवार समुदायले मनाउँदै आइरहेको चाड पर्व, सँस्कार, सँस्कृतिले गर्दा इलामेहरुको प्रतिष्ठा बढाइरहेको छ । इलाममा मनाइने धेरै जात्राहरुमध्ये लाखेजात्रा, गाईजात्रा र रोपाईजात्रा जस्ता पर्वहरु इलामे सँस्कृतिको अभिन्न अङ्ग भएको छ । स्थानीय बािसन्दाहरुसँग सम्मिलित भई इलामे सँस्कृति र सँस्कारको जगेर्ना गर्न सफल भएको छ । यस समाजले विगत लामो समयदेखि आफ्नो स्वामित्वमा यसको संरक्षण सम्बद्र्धनमा गर्दै अगाडि बढेको छ । अगाडि बढदै गएता पनि युवापुुस्ता यसप्रति वेखवर भन्दै गएको अवस्था छ । तसर्थ यसै अवस्थालाई दृष्टिकोणमा राखी इलामको साँस्कृतिक पर्यटन प्रबद्र्धनमा संस्थागत रुपमा जोड दिंदै इलामको सँस्कृतिलाई बचाउँदै इलामको पहिचानलाई जोगाउँदै युवा पिढीलाई सचेत र परिचालन गर्दै युवा पुस्तालाई सँस्कृति संरक्षणमा परिचालन गर्दै अगाडि बढेको छ । यी जात्राको शुरुवातको समयदेखि चलिआएको इलामे सँस्कृतिको संरक्षण हुँदै आएको छ । साथै साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्दै इलाममा धेरै आन्तरिक पर्यटक भित्र्याउने प्रयास पनि गर्दै आएको छ । यी जात्रा उपत्यकाबासी नेवारलगायत उपत्यकाभन्दा बाहिर पनि विभिन्न किसिमले जात्रा निकाल्ने गरिएको पाइन्छ ।
भक्तपुर, ललितपुर र कीर्तिपुरको लाखे नाच्ने शैलीमा केही फरक रहेको पाइन्छ । इलाम नगरपालिका र फिक्कलमा धेरै समय अगाडिदेखि शुरु भएता पनि फूँएतप्पा, दानाबारी, मंगलबारे, गोदक, कन्याम र समाल्बुङ्ग क्षेत्रमा लाखेजात्रा निकाल्ने चलन शुरु भएको छ । भने अन्य ठाउँहरुमा पनि प्रयास भइरहेको छ । यी सँस्कृतिलाई बचाई राख्न र अगाडि बढाउन सम्पूर्ण जातजातिमा आपसी अनि ईश्वरीय आस्था, आत्मसन्तोष, अतिथि सेवा, परोपकार, उच्च विचार, सहयोगी भावना, सकारात्मक व्यवहारले अगाडि बढाउन महत्वपूर्ण टेवा पुगेको छ । यी जगको आधारमा नै सँस्कृति जात्रा पर्वले अगाडि बढ्ने मौका पाएको छ । नेवारहरुको कलाप्रेम अनि सबै जातिको संयुक्त मिलनसारितामा इलामेली सँस्कृतिहरु हुर्कने मौलाउने मौका पाएको छ । इलामेली सँस्कृतिलाई जीवन्त राख्ने रमाइला पक्षहरु हाम्रा चाडपर्व अनि जात्रा हुन् । यी प्रचलित मेलापर्व जात्रा, चाडपर्वमा इलामेलीहरुको रहनसहन, परम्परा र विश्वासको उदाहरण पाउँछौ । यी जात्राहरु इलामेलीको साझा गर्भ गर्न लायक सँस्कृति हुन् ।
जसको संरक्षण र सम्बद्र्धन गर्न तपाई हामी सबैको समान दायित्व र भूमिका रहेको छ । यी जात्राहरुले आम इलामेलीलाई एकै सूत्रमा बाँध्ने, इलामको सँस्कृतिलाई बचाई राख्न र निरन्तर रुपमा अगाडि बढाउन इलामका युवा जमातलाई पनि साथ लिएर अगाडि बढाउने कुरामा यसको महत्व छ । लामो समयदेखि चलिआएको जात्रालाई अगाडि बढाउन मरिमेट्ने अग्रज इलामेलीहरु तथा समाजसेवीहरुले पनि यी जात्रालाई अगाडि बढाउन अझै पनि समन्वयकारीको भूमिका निभाउन अंग्रपंक्तिमा रहेका छन् ।
नयाँ पुस्ताका अन्य जातिका युवाहरु पनि लाखे नाच्न, बाजा बजाउन उत्तिकै उत्साहित र लालायित रहेका छन् । यी जात्राको पृष्ठभूमिमा केही न केही धार्मिक विश्वास अवश्य रहेको छ । जन्म र मृत्यु बाहिर पनि जीवात्माको अस्तित्व मानेर होस् वा दीर्घायु र सुख समृद्धिको कामनाले होस् अदृष्य शक्तिको उपासना गर्ने चलन इलाममा पनि रही आएको छ । लाखेजात्रा तन्त्रशास्त्रसँग सम्बन्धित रहेको छ । इलाममा नेवारहरुको बसोबास शुरु भएदेखि नै मूलथलोबाट नै सँस्कृति र सँस्कार लिएर प्रचलनमा ल्याइरहेको छ । यस्ता साँस्कृतिक पर्वहरुलाई जीवन्त राख्न वर्तमान पिढी पनि उतिकै सशक्त रहेको छ ।
आजकल इलामका गाउँ–गाउँमा छरिएर रहेका नेवारहरु पनि संगठित भई आफ्नो साँस्कृतिक जात्रा पर्वहरुलाई संरक्षण गर्न लागिपरेका छन् । यस्ता क्रियाकलापहरु यो जातिको पहिचान हो । बौद्धिक हिन्दूहरुमा तन्त्रविद्यामा आधारित जात्रा हो । नेवार तान्त्रिकहरुले आफ्नो तन्त्र विद्याको आधारमा भूतलाई समेत तय लगाएर आफ्नो सेवामा काम लगाउने खेत जोत्न, रोेप्न लगाउने कथाहरु पनि सुन्न पाइन्छ ।
यो जात्रा सम्भवत त्यहि भूत प्रेतलाई तह लगाउने कथाहरुमा आधारित रहेको पाइन्छ । साथै बर्षा याममा खेतबारीमा काम गरिसकेपछि चिसो सर्दीमा काम गर्ने गरेको सर्दी काट्ने र मेहनतपछि मनोरञ्जन गर्ने परम्परा रहेको पनि हुनसक्दछ । अहिले इलामको विभिन्न क्षेत्रमा नेवार बसोबास बढिरहेको क्षेत्र मंगलबारे, कन्याम, दानाबारी, नामसालिङ्गलगायतका क्षेत्रमा पनि लाखे देखाउने प्रचलन शुरु भइसकेको छ । अन्त्यमा इलामेली सँस्कृति पुस्तौदेखि माझिएर र खारिएर आएको इलामेलीहरुको जीवन प्रणाली हो ।
यी सँस्कृतिहरुलाई बचाउन र निरन्तर रुपमा अगाडि बढाउन तपाई हामी सबैको समान भूमिका रहेको छ । यसलाई जीवन्त राख्न भाविपुस्ता सशक्त हुन आवश्यक छ । सँस्कृतिको संरक्षण गर्दै इलाम जिल्लाको गौरव अमूल्य निधिहरु लोप हुनबाट जोगाउन साथै इलामको पहिचानलाई जर्गेना गर्दै नव पिढीलाई इलामेली सँस्कृति सिकाउँदै अगाडि बढनु अति आवश्यक छ । साथै यी जात्रालाई निरन्तर अगाडि बढाउन तपाई हामी सबैको समान दायित्व र भूमिका रहेको छ । नेवार जातिको अतिरिक्त अन्य जातजातिको पर्व र सँस्कारहरु छन् । तिनलाई पनि जोगाउन उतिकै आवश्यक छ ।