
बागलुङ ३० साउनः बागलुङको पश्चिम निसीखोला गाउँपालिका–३ धुरीस्याउलामा पहिराले घर बगाउदा सासु बुहारी बेपत्ता भएका छन् ।
घर माथिदेखि झरेको पहिरोले घर पुरिँदा स्थानीय मानबहादुर शाहीको ६५ वर्षिया श्रीमती धनकुमारी शाही र ३५ वर्षिया बुहारी डल्ली शाही बेपत्ता भएको इलाका प्रहरी कार्यलय झिवाखोलाका प्रहरी प्रमुख रिणबहादुर बैद्वारले जानकारी दिनु भयो ।
बिहान करिब ६ बजेको समयमा घर माथिदेखि पहिरो झर्दा घर पुरिएको बताइएको छ । सासु बुहारीसँगै रहेका ३ वर्षीय बालक दिनेश शाही भने बाँच्न सफल भएका छन् । उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।