सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले कार्यालय सुरक्षा गर्ने कार्यालय सहयोगी कर्मचारीको भत्ता चट

मासिक १० हजार र दैनिक १५ सय खाना तथा भत्ता लिने, कार्यालय सहयोगीको नदिने
  • सुजन तिमल्सिना 

सूर्योदय । मासिक १० हजार भक्ता र नगरपालिकाको बैठक हुँदा भत्ता खाना तथा खाजा खर्च बापत दैनिक १५ सय बुझ्दै आएका सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले कार्यालयको सुरक्षा गरेका श्रेणि विहिन कर्मचारीको भत्ता दिन रोक लगाएको पाइएको छ । मेची अञ्चल आयुर्वेदिक औषधालय कार्यालय आइतबारे इलाममा कार्यालय समय अवधि बाहेक रातको समयमा पहरा दिने कार्यालय सहयोगीको भत्ता नदिएका हुन् ।
सुरक्षाकर्मी वा सेक्यूरिटी गार्ड तथा पालो पहराका लागि छुट्टै व्यवस्था नभएका कार्यालयमा कार्यालय समय बाहेक पहरामा तोकेका श्रेणि विहिन कर्मचारीलाई खटाई दैनिक ७५ का दरले थप सुविधा दिने मन्त्रिपरिषद्को निर्णय विरुद्ध सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले नियतवस सुविधा नदिएको पिडितले गुनासो गरेका हुन् ।
२०६६ फागुन २६ गतेको मन्त्रिपरिषद्को बैठकले श्रेणिविहिन कर्मचारीको सम्बन्धमा कार्यालयको पहरा गर्ने कर्मचारीले दैनिक ७५ रुपैयाँ दिने निर्णय गरेको थियो । कार्यालय सुरक्षाको लागि गार्डको व्यवस्था नभएको मेची अञ्चल आयुर्वेदिक औषधालय कार्यालय आइतबारेमा रहेका दूई जना स्थायी श्रीणेविहिन कर्मचारीलाई कार्यालयको सुरक्षाको लागि जिम्मा २०६६ सालको निर्णयपछि नियमित दिँदै आएको थियो । कार्यालय समय बाहेक बिहान र राती मेची अञ्चल आयुर्वेदिक औषधलायको सुरक्षा गर्ने जिम्मा कार्यालय सहयोगी गणेश श्रेष्ठ र बिमला बुढापृथिलाई दिएको थियो ।
कार्यालयले २०७४ साउन १ गतेदेखि मंसिर मसान्तसम्म कार्यलय सहयोगी गणेश श्रेष्ठ र बिमला बुढापृथिलाई पशु १ गतेदेखि २०७५ असार मसान्तसम्म पालो पहराको जिम्मा दिएको थियो । दैनिक ७५ रुपैयाँ दिने नियमअनुसार कार्यालय प्रमुख खगेन्द्र पौडेललाई यी दुई कार्यालय सहयोगीलाई कार्यालय रातको समयमा कार्यालय सुरक्षाको जिम्मा दिएपनि आफ्नो भत्ता नगरापलिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले रोकिदिएको पिडित कर्मचारकिो गुनासो छ । मन्त्रिपरिषद्को निर्णयपछि सामान्य प्रशासन मन्त्रालय र तालुक निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद विभागबाट मिति २०६७ भदौ २ गते पत्र पठाएपछि मेची अञ्चल आयुर्वेदिक औषधालयले कार्यान्वय गर्दै आएको थियो । कार्यालयले गत आर्थिक वर्षमा गणेश श्रेष्ठको १३ हजार ५० र बिमला बुढापृथिको १३ हजार ७ सय ५० रुपैयाँ निकासाका लागि सुर्योदय नगरपालिकाको कार्यालयमा २०७५ असार १३ गते पेश गरेको थियो । सर्सत अनुदान अन्य भत्ता खर्च शिर्षकको बजेटबाट निकासाका लागि माग गरेको थियो । मेची अञ्चल आयुर्वेदिक कार्यालयमा अख्तियारी आउने गरेको सर्सत अनुदान अन्य भत्ता खर्च शिर्षक गत आर्थिक वर्षमा भने स्थानीय सरकार सूर्योदय नगरपालिकामा आएको थियो ।
पहिलो निवेदनमा कानुनको माग दोस्रो पटक पत्रै हुत्याए भट्टराईले
कार्यालय सुरक्षाको लागि खटाइएका कर्मचारीको भत्ता निकासाका लागि मेची अञ्चल आयुर्वेदिक औषधालयबाट रकम निकासाका लागि २०७५ असार १३ गते सूर्योदय नगरपालिकामा पत्र पु¥याएका थिए । सूर्योदय नगरपालिकामा आयुर्वेदिक कार्यालयको नाममा तोकि आएको ससर्त अनुदान अन्य भत्ता खर्च शिर्षकबाट निकासाका लागि निवेदन दिएका थिए ।

आयुर्वेदिक औषधालयका प्रमुख खगेन्द्र पौडेलले कार्यालय सहयोगीको राष्ट्रिय बाणिज्य बैंक इलाम शाखामा रहेको खात नम्बर उल्लेख गरि रकम निकासाको माग गरेका थिए । सो निवेदनमा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले कहाँ कुन नियममा व्यवस्था छ उल्लेख गरि पेश गर्ने तोक लगाएका थिए । भट्टराईको तोकपछि आयुर्वेदिक कार्यालयका प्रमुख पौडेल मन्त्रिपरिषद्को निर्णय,समान्य प्रशासन मन्त्रालयको निर्देशन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद विभाग आर्थिक प्रशासनको पत्र लिएर असार १८ गते नगरपालिका गए ।
प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईलाई कानुनका ठेली र मन्त्रिपरिषद्का निर्णय लिएर नगरपालिका पुगे । प्रमुख प्रशासकिय अधिकृत भट्टराईलाई पत्र बुझाएपछि भट्टराईले निकासा गर्दिन के हुन्छ भन्दै पत्र हुत्याइदिए । भट्टराईले हुत्याएको पत्र भुईमा झ्यो । अनि आयुर्वेदिक औषधालयका प्रमुख खगेन्द्र पौडलले बोकेर फर्किए ।
औषधालय प्रमखु भन्छन्,
 मन्त्रिपरिषद्को निर्णय अनुसार कार्यालयको सुरक्षा गार्ड नभएकाले नियमअनुसार कार्यालय सहयोगीलाई खटाइएको र बजेट हुँदाहुँदै निकासा नगरिदिएको अनौठो लागेको औषधलायका प्रमुख पौडेलले बताए । एक पटकमा एक जना कार्यालय सहयोगी राख्न पाउन व्यवस्था अनुरुप दुई जना कार्यालय सहयोगीलाई पालैपालो राखेका थियौँ पौडेलले भने–‘ उनीहरुले कार्यालयको सुरक्षा गरेपनि सेवा अनुसारको भत्ता नगरपालिकाका प्रशासकिय अधिकृतका कारण दिन सकिएन ।’
कार्यालय सहयोगीको बैंक खाता नम्बर सहित रकम निकासाको मागको पत्र आफैँ लिएर गएपनि पत्र फ्याकिदिएको औषधालयका प्रमुख खगेन्द्र पौडेलको गुनासो छ । पौडेल भन्छन्–‘प्रमुख प्रशासकिय अधिकृतले नयाँ नियम आएको छ भन्नुभयो तर नियम कहाँ छ कार्यालयका कर्मचारीलाई भन्नुपर्छ भन्दा तपाई जे सुकै गर्नु भनेर पत्र हुत्याइदिनुभयो ।’ त्यसपछि मेयर कहाँ पुगेपनि मेयर नगरपालिकामा दुई दिनसम्म नहुँदा उप मेयरकहाँ पुगका थिए पौडेल । उपमेयरले चिठि लेखेर ल्याउनु प्रक्रिया अगाडि बढाउने भनेपनि चालु तथा साधारण खर्चको बजेट बन्द भएकाले केहि गर्न नसकिएको उनले बताए । 
लाेकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता